"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बेतबासका सामाग्री बनाउने सीपले कञ्चनपुरका ठगुन्नाको जीबनशैली बदलियो

No data was found

Khabar Raftar

फागुन १९ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ जुडाका वीरसिंह ठुगुन्नाको बेतबासका समाग्री बनाएर जीवन शैली नै बदलिएको छ ।
गाउँकै समूहबाट बेतबाँसका सामग्री बनाउने १७ दिनको तालिम लिएर उद्योगी बनेका उनको आमदानी बढ्दै गए पछि जीवनशैली बदलिएको हो । एक दशक अघि सुनदेवी उपभोक्ता समूहमा आबद्ध भएर बेतबाँसका सामग्री बनाउने सीप सिकेका ठगुन्नाले सीप सिके पछि व्यावसायिक रुपमा काम गर्दै आएका छन । बेतबाँसबाट ठगुन्नाले हेङ्गर, टेबुल, कुर्सी, सोफा, ¥याक, टोकरी, मुढा लगायत घर सजावटका सामग्री बनाउँदै आएको बताए ।
तालिममा सिकेको सीपलाई निर्खादै जाँदा बेतबाँसका सामग्री बनाउने सफल व्यवसायीका रुपमा परिचित भएका उनले मासिक ३० हजार देखि ७० हजार रुपैयाँ सम्म कमाइ गर्दै आएका छन् । माग अनुसार बेतबाँसका सामग्री बनाएर बिक्री गर्दै आएको बताउदै उनले महिनामा ५० देखि एक सय सम्म सामग्री निर्माण गर्दै आएको बताउनु भयो ।
लागत खर्च कटाएर सोचे अनुसार नै आम्दानी हुने गरेको बताउदै उनले विगतका वर्षमा कमाउनकै लागि भारत जाने गरेको भए पनि सीप सिकेपछि घरमै बसीबसी आम्दानी हुन थालेको बताए । कच्ची घरमा बस्दै आएका उनले बेतबाँसकै सामग्री निर्माण गरी बेचेर कमाएको रकमले गाँउमै पक्की घर समेत बनाएको जानकारी गराए ।
छोरालाई उच्च शिक्षा पढाउनका लागि काठमाडौं पठाएका उनले घर खर्चसँगै छोरोको पढाई खर्च सबै बेतबाँसका सामग्री बनाएर बेच्दा भएको आम्दानीले धन्दैै आएको बताए । उनले सीप सिके पछि पनि व्यवसायलाई अगाडि बढाउन पैसा नभएको बताउदै गाउँकै समूहबाट मासिक छ प्रतिशत ब्याज तिर्ने गरी ५० हजार रुपैयाँ कर्जा लिएर ब्याबसाय सुरु गरेको बताउनु भयो ।

’ कर्जा लिएको रकमले कैलालीका सामुदायिक वनबाट बेत र स्थानीय क्षेत्रबाट बाँस खरिद गरी काम सुरु गरेको जानकारी गराउदै उनल्े त्यसबाट आम्दानी गरेर ब्याज सहित कर्जाको रकम चुक्ता गरेको बताउनु भयो । वडा कार्यालयले कामको मूल्याङ्कन गरी एक लाख रुपैयाँ अनुदान रकम दिए पछि काम गर्न सहज भएको बताउदै उनले वडाको एक लाख अनुदानसँगै समूहबाट दुई लाख कर्जा लिएर ठगुन्ना बेतबाँस हस्तकला उद्योग दर्ता गरी ब्याबसाय सञ्चालन गरेको उनले बताए ।

बजारमा माग अनुसारका बेतबाँसका सामग्री बनाएर बेच्ने योजना रहेको बताउदै उनले अनुदानमा पाएको रकम र समूहबाट लिएको कर्जाको रकम बेतबाँस खरिद गर्न र किला, पेन्ट खरिदमा खर्च हुने गरेको उनले बताए । बेतबाँसबाट बनेका सामग्री ४ सय देखि १ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको उनले बताए । खर्च कटाएर एक सामग्रीबाट १ सय देखि ३ सय सम्म नाफा हुने गरेको बताउदै उनले हातैले बुनेका बेतबाँसका सामग्री स्थानीय बजार,डडेल्धुरा,बैतडी र बझाङ सम्म पु¥याएर बिक्री गरिंदै आएको छ ।

उद्योगलाई कमाइ गर्ने साधन मात्रै नबनाएर बेतबाँसको तालिम केन्द्रका रुपमा विकास गर्ने योजना रहेको उनले बताए । त्यसैगरी वडाध्यक्ष जगतबहादुर सिंहले थोरै दिनको तालिम लिएर गतिलो काम गरेर देखाएकाले वडाबाट अनुदान रकम प्रदान गरी प्रोत्साहित गरिएको जानकारी गराए ।

‘स्वरोजगार भएर अरुका लागि प्रेरणाका स्रोत बनेका ठगुन्नालाई आर्थिक सहयोग गरेको बताउदै उनले सीप भएर पनि लगानी गर्ने रकम नपाएर बसेका युवालाई निरन्तर रुपमा सहयोग सहयोग गर्ने उनले बताए ।’उनले वडाका आधा दर्जन बढी युवालाई स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गरिएको जानकारी गराए ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण