बैशाख १८ बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बैतडी जिल्लाको मेलौली नगरपालिका वडा नम्बर–८ कोटीगाउँमा कच्ची सडकमा बिहीबार राति साढे १० बजेतिर लु ५ त १५३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडुले मर्छलेबाट बगौरातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरको ट्रालीमा बसीरहेका मेलौली नगरपालिका वढडा नम्बर–८ का ३५ बर्षीय पदम ठगुन्ना,४२ बर्षीय धनबहादुर बिष्ट, ४५ बर्षीय बलराम ठगुन्ना, २० बर्षीय सुवास ठगुन्ना, १६ बर्षीय आकाश दमाइ,४५ बर्षीया पशुपति दमाइ र १८ बर्षीय अनिल ठगुन्ना घाइते भएको जानकारी गराएका हुन ।
प्रहरी निरीक्षक बडुले घाइते मध्ये पदम ठगुन्नालाई थप उपचारका लागि धनगढी पठाइएको जानकारी गराउदै अन्यको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताए । ट्याक्टर चालक मेलौली नगरपालिका वडा नम्बर ८ का ३८ बर्षीय सुरेश ठगुन्नालाई नियन्त्रणमा लिइएको र दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


