असोज १९ धनगढी । सुदूरपश्चिममा भन्सार छल्ने ३ जना सशस्त्र प्रहरी बल नेपालका कर्मचारीलाई कारबाही गरिएको छ ।
भन्सार नतिरी सामान ल्याउन खोज्ने ३ जना सशस्त्र प्रहरीलाई कारबाही गरिएको हो । उनीहरूले अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको आरोप लागेको छ ।
उनीहरू मद्धती सेवा गुल्म कैलालीमा कार्यरत भएको बताईएको छ । सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुँवरलाई कारबाही गरिउको हो ।
उनीहरूलाई नम्बर. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडि बढाएको जानकारी गराएको छ ।
उनीहरूले त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेको बताईएको छ । त्यस्तै उनीहरुलाई नम्बर ३४ गण कैलालीले नियन्त्रणमा लिएको जानकारी गराएको छ ।


