"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

साढे ८ लाख बराबरको अवैध सामान बरामद

No data was found

Khabar Raftar

असोज ०२ कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले झण्डै साढे ८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार दुईटै जिल्लाका विभिन्न स्थानबाट ८ लाख ३३ हजार ६ सय ७५ रुपैया मूल्य बराबरको अवैध सामान बेवारिसे अवस्थामा प्रहरीले बरामदको हो ।

कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–२ ट्राफिक चौराहा र हल्दुघाट, धनगढी उपमहानगरपालीका वडा नम्बर–७ बेली र मनेहरा, धनगढी उपमहानगरपालीका वडा नम्बर–९ त्रीवेणीघाट, धनगढी उपमहानगरपालीका वडा नम्बर–१० जुगेडा, धनगढी उपमहानगरपालीका वडा नम्बर–१२ कम्पनी टोल, भजनी नगरपालिका वडा नम्बर–१ गोदावरी चोक, भजनी नगरपालिका वडा नम्बर–३ फडरिया र भजनी नगरपालिका वडा नम्बर–७ हिक्मतपुर र चर्राबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५ लाख ३१ हजार १ सय ९७ मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जानकारी गराएको हो ।

चिनी, सरप, बिस्कुट, सुर्ती, पटका, तरकारी, दाल, खानेतेल, सुटपिस, कुर्ती, गन्जी, फ्राक, मोटरसाइकलको सिट कभर, क्लोज ब्रेक कभर, हर्न, मोटरसाइकल एक थान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जानकारी गराएको हो ।

त्यसैगरीै, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–११ चौकिसत्ता, बेलौरी नगरपालिका वडा नम्बर–६ हात्तिबोझा र नकैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख २ हजार ६ सय ७५ रुपैया मूल्य बराबरको स्टेसनरी, हार्डवेयर, कस्मेटिक, साइकल, किरानाका सामान, मिठाइ, जुत्ताचप्पल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जानकारी गराइएको छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न