"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चैनपुर सेती आयोजनाको काम दुई महिना देखि ठप्प

No data was found

Khabar Raftar

असोज ०२ बझाङ । सुदूरपश्चिम प्रदेशको विकासका लागि महत्त्वपूर्ण मानिएको चैनपुर सेती जलविद्युत् आयोजनाको काम दुई महिना देखि ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको २ सय १० मेगावाट क्षमताको आयोजना निर्माणको काम सरकारी प्रक्रिया पूरा नगरी थालिएको भन्दै डिभिजनल वन कार्यालय बझाङले रोके पछि दुई महिना देखि ठप्प भएको हो ।

डिभिजनल वन कार्यालयले गत असार २६ गते ताकेता पत्र पठाउँदै आयोजना निर्माणको काम वन ऐन र नियमावलीको बर्खिलाप हुने गरी भइरहेकाले तत्काल रोक्न भनेको थियो । वन कार्यालयले आयोजनाको काम रोक्न जिल्ला प्रशासन कार्यालय, नेपाली सेना लगायत निकायलाई पत्राचार गरेका कारण आयोजनाले अधिग्रहण गरेको जग्गामा भइरहेको काम पनि रोकिएको हो ।

असार अन्तिम साता डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले अवैध निर्माण कार्य रोक्न भन्दै नेपाली सेनालाई पनि पत्र पठाएको बताइृएको छ । राष्ट्रिय वन क्षेत्रको प्रयोग गरी आयोजनाले निर्माण कार्य गरिरहेको र उक्त काम गर्दा वन ऐन, २०७६ को दफा ४२ र वन नियमावली, २०७९ को नियम ८७ देखि ९७ सम्मका आवश्यक प्रक्रिया पूरा नगरेको पत्रमा उल्लेख गरिएको बताईन्छ ।

वन नियमावलीको नियम ९८ को उपनियम (१) बमोजिम राष्ट्रिय वन क्षेत्रमा नेपाल सरकारबाट अनुमति प्राप्त विकास आयोजना सञ्चालन गर्नु अघि सम्बन्धित विकास आयोजना सञ्चालकले त्यस्तो आयोजना सञ्चालनका लागि प्राप्त अनुमतिपत्र वन तथा भू–संरक्षण विभागसँग गरेको सम्झौताबमोजिम प्रयोग गर्न दिएको अनुमतिपत्र तथा अन्य कागजात सहित वन क्षेत्रमा प्रवेशका लागि डिभिजन वन कार्यालयमा निवेदन दिनुपर्ने र सोही नियमको उपनियम (२) मा त्यस्तो निवेदन परे डिभिजनल वन अधिकृतले सोउपर आवश्यक जाँचबुझ गरी राष्ट्रिय वन क्षेत्रमा विकास आयोजना सञ्चालनका लागि प्रवेश गर्न इजाजत दिनुपर्ने छ भन्ने स्पष्ट व्यवस्था भएकोमा त्यस आयोजनाबाट त्यस्ता कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी प्रचलित ऐन, नियम विपरीत राष्ट्रिय वन क्षेत्र प्रयोग गरिरहेकाले उक्त काम तुरुन्त रोक्का राख्न हुन पुनः जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ ।

यस अघि पनि यो प्रक्रिया नहुन्जेल काम रोक्न ताकेता गरिएको तर आयोजनाले पत्रको बेवास्ता गरेको पत्रमा उल्लेख गरिएको छ । वन कार्यालयको पत्रपछि आयोजनाको आफ्नै नाममा भएको जग्गामा भइरहेको काम पनि रोकिएको र यसले निर्माणमा बाधा पुगेको चैनपुर सेती जलविद्युत् आयोजनाले जानकारी गराएको छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न