"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सिमानाकामा कडाई गरौ, तस्करी रोकौ

No data was found

Khabar Raftar

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले सिमानाकामा कडाई गर्न निर्देशन दिएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजीत कार्यक्रममा डीआईजी केसीले कैलाली र कञ्चनपुरका प्रहरी प्रमुखहरूलाई सिमानाकामा कडाई गर्न निर्देशन दिएका हुन् ।

हरेक दिन प्रहरीले अबैध सामानहरु बरमद गर्दै आएको भए पनि तस्करी नरोकीएको अबश्थामा डीआईजी केसीको निर्देशनले अबश्य केही सुधार आउने छ । तस्करी मात्र नभई दैनिक रुपमा लागु औषध प्रयोग कर्ता र कारोबारीहरु बढ्दै गएको अबश्थामा सिमा क्षेत्रमा प्रहरी सक्रियता अझ बढाउन हुन जरुरी छ । शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनका लागी पनि डीआईजी केसीको निर्देशनले महत्वपूर्ण भूमीका निर्बाह गर्ने छ ।

प्रहरीले निष्ठावान, ईमान्दार एवं सिर्जनशील भई कार्य गर्दै अवैध भन्सार चोरी निकासी, लागूऔषध, जुवा तास तथा देह व्यापार जस्ता गैर कानुनी क्रियाकलापहरु विरुद्ध शून्य सहनशीलताका साथ प्रस्तुत हुन जरुरी छ । सामान्य घरका सामान ल्याउने मान्छेहरुलाई सास्ती नदिई सीमा नाकाबाट हुने अवैध भन्सार चोरी तस्करी तथा आपराधिक गतिविधिका विरुद्व कडाइका साथ प्रहरी प्रस्तुत हन जरुरी छ ।

लागू औषधको ओसार पसार र बिक्री वितरण नियन्त्रणमा अझ प्रभावकारिता ल्याउन, सवारी दुर्घटना न्यूनीकरण र नियन्त्रणका लागि योजनाबद्ध रूपमा परिचालन हुन प्रहरीको भूमीका अहम हुने भएकाले त्यस तर्फ ध्यान जान जरुरी छ । सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले काम गर्न जरुरी छ । प्रहरीको मीलीमतोमा हुने तस्करी रोक्न जरुरी छ ।

नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध स्थापित गरी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न जरुरी छ । गैरव्यवसायिक र प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासनमा रही उच्च मनोबलका साथ प्रहरीले काम गर्न जरुरी छ ।

शान्तिसुरक्षाको वर्तमान अवस्थामा सुधार ल्याउनुका साथै, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनको बारेमा समयमै सचेत हुन जरुरी छ । सिमानाकामा कडाई गरी तस्करी रोकन जरुरी छ । बढ्दै गएको लागु औषध सेवन र कारोबार रोक्न जरुरी छ । प्रहरीले निर्देशनको पालना गरी शान्ति सुरक्षा कायम गर्न जरुरी छ ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण