"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो

No data was found

Khabar Raftar

असार ०९ धनगढी । कैलालीको जानकी गाउँपालिकाले वडा अध्यक्षहरुलाई भ्रमण भत्ताका नाममा लाखौँ रकम बाँडेको छ । आर्थिक बर्ष २०७९÷८० को महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार जानकी गाउँपालिकाले वडा अध्यक्षहरुलाई भ्रमण भत्ता वाफत २ लाख २६ हजार ८ सय ५० रुपयाँ बाडेको हो ।

भ्रमण भत्ताका नाममा कमल महतो, शुरेस चौधरीलाई ४३ हजार ३ सय, इन्द्र चौधरीलाई ४० हजार ८ सय, खकेन्द्र भण्डारीलाई २४ हजार ४ सय ५०, दिपेन्द्र कुमार कठरियालाई २४ हजार १ सय रुपयाँ गाउँपालिकाले भुक्तानी दिएको छ । त्यसैगरी वडा सदस्य शुसिल कठरियालाई १७ हजार ५०, सदस्य मोहन कुमार डगौरालाई ६ हजार २ सय ५० भ्रमण भत्ता दिइएको छ ।

वडा अध्यक्ष भिम बहादुर चौधरी, शुरेस चौधरी, कमल महतो र दिपेन्द्र बहादुर कठरियालाई अर्को मितिमा फेरी जनही ६ हजार ९ सय भ्रमण भत्ता गाउँपालिकाले दिएको छ । वडा अध्यक्ष र २ जना सदस्य गरी उक्त आर्थिक बर्षमा गाउँपालिकाले २ लाख २६ हजार ८ सय ५० रुपयाँ भ्रमण भत्ता उपलब्ध गराएको छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ मा वडा समितिको काम कर्तब्य अधिकार निर्धारण गरेको छ ।

भ्रमण खर्च नियमावली २०६४ को नियम ४(१) मा सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले सकेसम्म कम खर्चिलो र किफायती बाटो वा सवारी साधन प्रयोग गरी खर्च गर्नुपर्ने उल्लेख छ ।

महालेखाले जानकी गाउपालिकाका जनप्रतिनिधी अथवा कर्मचारीले भ्रमण गर्दा उद्देश्यमा आफ्नो काम कर्तब्य र अधिकारमा उल्लेख नभएको सघिंय मन्त्रालयमा योजना माग गर्न, कार्यालयको कामले सघिंय मन्त्रालय काठमाण्डौँ गएको भ्रमण उद्देश्य देखाई उक्त रकम बुझेको देखाएको छ ।

कार्यालयसगं सम्बन्धीत नरहेको हवाई भाडा समेत लिनु गलत भएको भन्दै महालेखाले यस्ता फजुल खर्च रोक्न सुझाव दिएको छ । जानकी गाउँपालिकाका अध्यक्ष गणेस चौधरी तथा उपाध्यक्ष लालमती देवी कठरिया सहित कार्यपालिका सदस्यमा नागरिक उन्मुक्ती पार्टीका रहेका छन ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत