"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आर्थिक सहायताका नाम्मा कृष्णपुर नगरपालिकाद्वारा १३ लाख १० हजार २ सय ६५ रुपैया वितरण

No data was found

Khabar Raftar

जेठ ३० कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक सहायताका नाम्मा १३ लाख १० हजार २ सय ६५ रुपैया वितरण गरीएको पाइएको छ । नगरपालिकाले मापदण्ड र कार्यविधि तयार नगरेर १३ लाख १० हजार २ सय ६५ रुपैया आर्थिक सहायताका नाममा वितरण गरिएको पाईएको हो ।

महालेखा परिक्षकको प्रतिवेदनमा स्पष्ट मापदण्ड र कार्यविधि तर्जुमा गर्नुपर्ने तथा बजेट विनियोजन गर्नुपर्ने भए पनि नगरपालिकाले कार्यविधि तयार नगरी विभिन्न ८२ जना व्यक्तिलाई ३ हजार देखी १० हजार सम्म आर्थिक सहयोग प्रदान गरेको प्रतिवेदनले देखाएको छ । कर्मचारीलाई आर्थिक सहायताका नाम्मा ५० हजार रुपैया दिएको पनि महालेखा परिक्षकको प्रतिवेदनमा देखिएको छ ।

नगरपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीलाई दिईएको उक्त रकम नियम संगत नभएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा मापदण्ड वेगर आर्थिक सहायता वितरण गर्ने प्रकृयामा नियन्त्रण गरिनु पर्ने उल्लेख गरिएको    छ । पालिकाले आर्थिक वर्ष २०७९÷०८० मा भ्रमण खर्च वाफत २४ लाख ९८ हजार २ सय रुपैया खर्च गरेको देखिएको छ ।

महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार पालिकाले कर्मचारी तथा पदाधिकारीलाई भ्रमण खर्च र अनुगमन खर्च वाफत उक्त रकम खर्च गरेको हो । तर उक्त रकमको खर्चका विषयमा प्रतिवेदनमा केही व्यहोराहरु उल्लेख गरिएका छन । जसमा अधिकांश भ्रमणको उद्देश्य र प्रयोजन कार्यालयकै कामका लागि भएको भनि सुनिश्चित हुने विश्वसनिय आधार नदेखिएको, भ्रमण पश्चात तोकिएको ढाँचामा भ्रमण प्रतिवेदन पेश नगरी भ्रमणको खर्च भुक्तानी गरेको, भ्रमण अभिलेख अद्यावधिक नगरेको लगायत रहेका छन ।

प्रतिवेदनले तोकिएको कानुनी व्यवस्थाको पालना गर्दै भ्रमण खर्च गर्दा पालिकाको प्रयोजनमा खर्च भएको सुनिश्चितता हुने आधार हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा १ करोड ३१ लाख ८३ हजार ६ सय ५२ रुपैया ईन्धनमा खर्च गरेको देखिएको छ ।

कार्यालयले उक्त खर्च कार्यालय प्रयोजनार्थ कर्मचारी र पदाधिकारीका लागि गरेको बताएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यालयले उक्त खर्च लेख्दा कुन गाडीको लागि कति इन्धन उपलब्ध गराई कहाँ कहाँ गई के मा सवारी साधन प्रयोग भएको हो भन्ने सम्पूर्ण विवरण उपलब्ध नभएकाले उक्त खर्च कार्यालय प्रयोजनकै लागि भएको एकिन गर्ने कुनै आधार नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत