"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण कम्पनीको नाम्मा बेरुजु

No data was found

Khabar Raftar

चैत्र २३ धनगढी । मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको जीम्मा पाएका निर्माण कम्पनीहरूको नाम्मा बेरुजु देखिएको छ । एक अर्ब ८४ करोडमा १४ दशमलव २ किलोमिटर लामो सडक निर्माणको जीम्मा पाएका तिन वटै निर्माण कम्पनीहरूको बेरुजु देखिएको हो । एउटै खण्डमा एक करोड ५० लाख भन्दा बढी बेरुजु देखिएको मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले जानकारी गराए । उनले बेरुजु फच्र्छौटका लागि पठाएको जानकारी गराउदै फच्र्छौट भएन भने ठेकेदार कम्जनीले तिर्नु पर्ने बताए ।

२०७४ सालमा ठेक्का सम्झौता भएको उक्त सडकमा एक अर्ब ८४ करोडमा १४ दशमलव २ किलोमिटर लामो सडक २ वर्षमा निर्माणका लागि तीन खण्डमा ठेक्का सम्झौता भएको उनले जानकारी गराए । मोहनापुल देखि बोराडाँडी सम्मको चार दशमलव पाँच किलोमिटरमा शर्मा अमर नागार्जुन जेवी, बोराडाँडी देखि गेटाको आरपी प्लोर मिल सम्मको चार दशमलव पाँच किलोमिटर सडक लामा राजेन्द्र डाँफेले र प्लोर मिल देखि अत्तरियाम्मको पाँच दशमलव १ सइ ९७ किलोमिटर सडक राजेन्द्र डाँफे जेवीले निर्माण गरेको उनले जानकारी गराए ।

बोराडाँडी देखि गेटाको आरपी प्लोर मिल सम्मको चार दशमलव पाँच किलोमिटर सडक निर्माण गरेको निर्माण कम्पनी लामा राजेन्द्र डाँफेले १२ लाख बढी रकम फिर्ता गर्नु पर्ने देखिएको उनले जानकारी गराए । निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसार काम नगरे पछि रकम फिर्ता गर्नु पर्ने देखिएको उनले बताए । मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत शाखा सडक कालोपत्र तथा ग्राभेल लगायतको काम निर्माण कम्पनीहरूले नगरेको उनले बताए ।

त्यसैले निर्माण कम्पनीहरूको नाममा बेरुजु देखिएको उनले जानकारी गराए । पाउने भन्दा पनि तिर्नुपर्ने देखिएको बताउदै उनले शर्मा अमर नागार्जुन जेबीले झण्डै ६० लाख र राजेन्द्र डाँफे जेबीले झण्डै ५० लाख रुपैयाँ पाउन बाँकी रहेको जानकारी गराए । तर, लामा राजेन्द्र डाँफेले १२ लाख बढी रुपैयाँ आयोजनालाई फिर्ता गर्नुपर्ने देखिएको उनले जानकारी गराए । मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले एक करोड ५० लाख भन्दा बढी एक खण्डको बेरुजु रहेको जानकारी गराए ।

उनले नेपाल राष्ट्र बैँकका कारण बेरुजु बढी देखिएको बताए । मोहनापु–अत्तरिया ६ लेन सडकको काम गरेका निर्माण कम्पनीहरूले हस्तान्तरणका फाइलहरू आयोजना कार्यालयमा बुझाएको बताउदै उनले आयोजना कार्यालयले बेरुजु रकम तिर्न बाँकी रहेकाले मन्त्रालय हुँदै महालेखाको कार्यालयमा फाइल पठाउने तयारी गरेको जानकारी गराए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत