"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा लागू औषध बिरुद्धको प्रहरी अभियान प्रभावकारी

No data was found

Khabar Raftar

माघ २० धनगढी
लागू औषध बिरुद्धको प्रहरी अभियान प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले लागू औषध बिरुद्धको प्रहरी अभियान प्रभावकारी बन्दै गएको बताउनु भएको हो ।
उनले आफुले कमाण्ड सम्हाल्ने वित्तिकै लागू औषध विरुद्ध सन्ततीको ‘भविष्य बचाउँ’ भन्ने बिशेष अभियान सञ्चालनमा ल्याएको जानकारी गराए ।
जिल्ला प्रहरी कार्यालय कैलालीको आर्थिक बर्ष २०७८÷७९ को पहिलो ६ महिनाको तथ्याङ्क अनुसार कैलाली जिल्लामा ५ जना महिला र १ सय २ जना पुरुष गरी जम्मा १ सय ७ जना लागू औषध सहित पक्राउ परी मुद्दा चलाएको देखिन्छ ।
सोही अवधिमा गत बर्ष ५७ जना उपर मुद्दा चलाईएको थियो । मुद्दा संख्याको आधारमा गत बर्ष ४३ वटा मुद्दा दर्ता भएका थिए भने यस बर्षको सोही अवधिमा ७२ वटा मुद्दा दर्ता भएका छन् ।
यस बर्ष प्रहरीले १ सय ९९ ग्राम ४ सय ३७ मिलिग्राम खैरो हिरोईन, ५ सय ५८ ट्याब्लेट नाईट्राभेट, ५ सय ५५ क्याप्सुल स्पास्मो, २३ किलो १ सय ४० ग्राम ५ सय ६७ मिलिग्राम चरेश, ८० क्याप्सुल नाईट्राजपाम, प्रोवयल स्पाम २३ क्याप्सल लगायत बरामद गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । पक्राउ पर्ने १ सय ७ जनामा ६१ जना १६ बर्ष देखि २५ बर्ष सम्मका र ३७ जना २६ देखि ३५ बर्षसम्मका रहेका छन् ।

लागू औषध बिरुद्धको अभियान र सकृयताका कारण उल्लेख्य रुपमा मानिसहरु पक्राउ गरिएको भएता पनि खुला सीमाना, सीमा पारी लागू औषधको सहज उपलब्धता, बालबालिकाहरु माथि अभिभावकको निगरानीको कमी, गलत संगत र प्रहरी सम्म सूचना सम्प्रेषणको अभावका कारण लागू औषध प्रहरीका लागि मात्र नभई सिंगो समाजका लागि चुनौतीको बिषय रहेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनु भयो ।
लागू औषध कारोबारी तथा प्रयोगकर्ता हाम्रै घर छिमेकमा रहने हुनाले प्रत्येक परिवार, स्थानीय प्रतिनीधि तथा समूदाय यसतर्फ सजग भई प्रहरीलाई सूचना दिई लागू औषधको कारोवार तथा सेवनलाई नियन्त्रण गर्न प्रहरीलाई सहयोग गर्न प्रहरी उपरीक्षक अधिकारीले आग्रह गरेका छन् ।
लागू औषध बिरुद्ध जिल्ला प्रहरी कार्यालयको अभियान निरन्तर जारी रहने र लागू औषधमा संलग्न जो कोही लाई कानुनको दायरामा ल्याई छाड्ने एसपी अधिकारीले बताउनु भयो ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न