माघ १७ कञ्चनपुर। कञ्चनपुरका ३ वटा पालिकामा २ महिना बिजुली अवरुद्ध हुने भएको छ । झलारी–बेलौरी ३३ केभी लाइन अन्तर्गत लालझाडी गाउँपालिका, बेलौरी र पुर्नवास नगरपालिकामा २ महिना बिजुली अवरुद्ध हुने भएको हो ।
दुई वटै नगरपालिकाका सम्पूर्ण वडा र लालझाडी गाउँपालिकाको वडा नम्बर १ र २ मा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने भएको
वितरण केन्द्रले जनाएको छ । माघ १८ गते देखि २ महिना सम्म विहान १० बजे देखि साँझ ४ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने भएको वितरण केन्द्रले जनाएको छ ।
कञ्चनपुरको झलारी–बेलौरी ३३ केभी लाइन पुरानो र जीर्ण भएकाले सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि विद्युत लाइन अपग्रेड गर्न विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।
ग्राहकको संख्या बढ्न थालेपछि लोडसमेत बढेकाले लाइन अपग्रेड गर्न लागेको केन्द्रले बताएको छ ।
वितरण केन्द्रले जारी गरेको सूचनामा गर्मीको समयमा उत्पन्न हुने परिस्थितिलाई मध्यनजर गर्दै लाइन अपग्रेड गर्न लागिएको वितरण केन्द्रले जनाएको छ ।


