"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए

No data was found

Khabar Raftar

बैशाख २४ बैतडी । बैतडीमा पाँच दिनमा १ सय ५२ जना कुपोषित बालबालिका भेटिएका छन । वैशाख १५ गते देखि सञ्चालन भएको राष्ट्रिय पोषण लेखाजोखा अभियानको पाँच दिनमा १ सय ५२ जना कुपोषित बालबालिका भेटिएका हुन । जसमध्ये १९ जना कडा कुपोषणबाट प्रभावित रहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी गराएको छ ।

वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेर समूहका करिब २२ हजार बालबालिकाको स्वास्थ्य परीक्षण भइरहेको छ । अभियानकै क्रममा विभिन्न स्थानमा कुपोषणको दर उच्च देखिएको छ । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार सिगास गाउँपालिका वडा नम्बर–२ गाँजरीमा मात्रै चार जना कडा कुपोषित बालबालिका भेटिएका छन् ।

उनीहरूलाई उपचारमा ल्याएर पोषिलो आहार प्रदान गर्ने प्रक्रिया सुरु गरिएको बताईएको छ । कार्कीले कुपोषणका अधिकांश घटनामा गरिबी प्रमुख कारण देखिएको बताए । देशकै अत्यधिक गरिब स्थानीय तहहरू मध्ये एक मानिने सिगास गाउँपालिकामा गरिबी दर ६६ प्रतिशत भन्दा बढी भएको तथ्याङ्क रहेको छ । उनका अनुसार कुपोषण र गरिबीबीचको चक्र तोड्न नसकिए सम्म समस्या समाधान कठिन हुने देखिन्छ ।

कुपोषित बालबालिकामा उमेर अनुसार तौल र उचाइ कम हुने, साथै शारीरिक विकास कमजोर हुने समस्या देखिएको छ । अभियानका क्रममा भेटिएका कुपोषित बालबालिका मध्ये करिब ३७ प्रतिशत दलित समुदायका रहेको तथ्य पनि सार्वजनिक भएको छ । गत वर्ष जिल्लामा एक हजार ९ सय ३४ बालबालिका कुपोषित रहेको तथ्याङ्क रहेकोमा जसमध्ये ३ सय १२ जना कडा कुपोषणका बिरामीलाई स्वास्थ्य संस्था मार्फत उपचार गरिएको थियो ।

स्थानीय तहले गरिबी न्यूनीकरण र पोषणयुक्त आहारको पहुँच विस्तारमा दीर्घकालीन योजना बनाउन आवश्यक रहेको बताए । यसअघि सञ्चालनमा रहेको सुआहारा कार्यक्रम बन्द भएपछि गर्भवती तथा बालबालिकाको पोषण सुधारमा थप चुनौती देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

भर्खरै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा
बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु
कैलालीमा अवैध सामान बरामद
गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने
बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए
कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु
बाजुराको गुइगाड पुल अलपत्र पार्ने ठेकेदारलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना
सुदूरपश्चिम प्रदेश सरकार परिबर्तन हुन सक्ने सम्भावना बढ्यो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pani-ghatta-rolpa-1024x576

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

spesal court

बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

baitadi-khani

खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Death-body-900px

कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

saman-baramad-dhangadhi

कैलालीमा अवैध सामान बरामद

aaaa

गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने

Copy of Copy of Untitled Design (11)

बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए

images

कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु