"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्वास्थ्य शिविरमा १ सय ३१ जनामा सिकलसेल रोगको प्रारम्भिक संकेत भेटियो

No data was found

Khabar Raftar

बैशाख २४ धनगढी । कैलालीको गोदावरी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ३१ जनामा सिकलसेल रोगको प्रारम्भिक संकेत भेटिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले वडा नम्बर ७, ८ र ९ मा सिकलसेल एनिमिया तथा थालसेमिया पहिचानका लागि सञ्चालन गरेको तीनदिने ‘स्क्रिनिङ’ अभियान निःशुल्क स्वास्थ्य शिविरमा १ सय ३१ जनामा सिकलसेल रोगको प्रारम्भिक संकेत भेटिएको हो ।

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले शिविरमा ९ सय ४१ जनाको रगत परीक्षण गरिएको जानकारी गराउदै वडा नम्बर ७ स्थित जमुनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २ सय ३९ जनाको परीक्षण गर्दा ३४ जनामा सिकलसेल ‘ट्रेट’ देखिएको    बताए । त्यसैगरी स्याउले स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा ३ सय ९९ वटा नमूना मध्ये ६७ जनामा पोजेटिभ रिपोर्ट आएको जानकारी गराउदै उनले बेलादेवीपुर स्वास्थ्य केन्द्रमा परीक्षण गरिएका ३ सय ३ जना मध्ये ३० जनामा रोगको संकेत भेटिएको जानकारी गराए ।

प्रारम्भिक चरणमा पोजेटिभ देखिएका सबै नमूनालाई दोस्रो परीक्षणका लागि गेटा आधारभूत स्वास्थ्य सेवा केन्द्र पठाइने उनले जानकारी गराए । दोस्रो परीक्षणमा पनि पुष्टि भए बिरामीलाई आवश्यक उपचार र नियमित निगरानीमा राखिने उनले बताए । स्वास्थ्यकर्मीका अनुसार रानाथारु समुदायमा सिकलसेल गम्भीर जनस्वास्थ्य समस्याका रूपमा फैलिरहेको छ ।

यो वंशाणुगत रोग भएकाले विवाहपूर्व परीक्षण अनिवार्य गर्नुपर्ने उनीहरुले बताएका छन । रोग लागेपछि हाडजोर्नी दुख्ने, अत्यधिक थकान, रगतको कमी लगायत समस्या देखिने स्वाश्थ्यकर्मीहरुले बताएका छन । सरकारले सिकलसेल रोगीलाई वार्षिक एक लाख रुपैयाँसम्म निःशुल्क उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

भर्खरै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा
बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु
कैलालीमा अवैध सामान बरामद
गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने
बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए
कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु
बाजुराको गुइगाड पुल अलपत्र पार्ने ठेकेदारलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ जरिबाना
सुदूरपश्चिम प्रदेश सरकार परिबर्तन हुन सक्ने सम्भावना बढ्यो

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pani-ghatta-rolpa-1024x576

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

spesal court

बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

baitadi-khani

खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Death-body-900px

कञ्चनपुरमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

saman-baramad-dhangadhi

कैलालीमा अवैध सामान बरामद

aaaa

गोदावरी नगरपालिकाले विपद् कृत्रिम घटना अभ्यास गर्ने

Copy of Copy of Untitled Design (11)

बैतडीमा पाँच दिनमै १ सय ५२ जना कुपोषित बालबालिका भेटिए

images

कञ्चनपुरमा ‘घरमै राहदानी’ पु¥याउने सेवा सुरु