बैशाख २३ बैतडी । बैतडीको इलाका प्रशासन कार्यालय मेलौलीबाट बिहीबार देखि सेवा सञ्चालन गरिने भएको छ । बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने सरकारको निर्णय अनुसार बिहीबार देखि इलाका प्रशासन कार्यालयबाट सेवा सञ्चालन गरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बिहीबार देखि इलाका प्रशासन कार्यालयबाट सेवा सञ्चालन गरिने जानकारी गराएका हुन । वडा नंम्बर १ को पुरानो वडा कार्यालय भवनबाट सेवा दिने तयारी भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी गराए ।
इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवाहरु सञ्चालन हुने उनले जानकारी गराए । मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसंगै तल्लोसोराड क्षेत्रका नागरिकलाई सेवा प्राप्तिमा सहज हुने भएको छ । नागरिकता र राष्ट्रिय परिचयपत्रकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।


