"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

No data was found

Khabar Raftar

बैशाख २३ धनगढी । लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत भएका छन । सरकारले सरकारी जमीनमा बसोबास गर्दै आएकालाई हटाउन थाले पछि लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत भएका हुन । ऐलानी प्रति जमीनमा बसेका अव्यवस्थित बसोबासीको निवेदन दर्ताको निस्सा लिएर गोदावरी नगरपालिका वडा नम्बर–१ को वडा कार्यालय पुगेका भोज राज भाटले सरकारले निराश बनाएको बताए ।

२ वर्ष अघि अव्यवस्थित बसोबासीको फारम भरेर जग्गाको नापी समेत भएको बताउदै उनले लालपुर्जा पाइने नपाईनेमा दोधारमा रहेको बताए । वडा कार्यालयले सङ्कलन गरेका विवरण सार्वजनिक गर्दै त्रुटि भएमा सच्चाउनका लागि निवेदन माग गरेपछि उनी आफ्नो निवेदन दर्ताको निस्सा र नागरिकता लिएर वडा कार्यालय पुगेका हुन ।

२ हजार ५ सय ८० जनाको भित्तामा टाँसिएको लिस्टमा आफ्नो नाम खोजेर त्रुटि नभेटाए पनि आफूले चलनभोग गरिरहेको जग्गाको लालपुर्जा पाउने नपाउनेमा दोधारमा रहेको उनले बताए । आधा कट्ठा ऐलानी जग्गामा बसेको बताउदै उनले आफुले कटान पनि नकाटेको बताए । जग्गा कब्जा गरेर पनि नबसेको बताउदै चैतन्यपुरमा बस्दै आएका उनले पसिना बगाएर कमाएको पैसाले बच्चाहरूको भविष्य हेरेर जग्गा जोडेको बताए ।

लालपुर्जा पाउने आशामै भएको बताउदै उनले सरकारले जग्गाको लगत सङ्कलन गरेर नापी समेत गरेकाले लालपुर्जा पाउने आशामा रहेको बताए । त्यसैगरी अत्तरियाको वनखेतका पदम राज भट्टले ४० वर्ष देखि जग्गा भोगचलन गरेको भए पनि बालेन शाहको सरकारले उठाउने हो कि भन्नेमा सशङ्कित भएको बताए । अहिले बालेन शाहको सरकारले हटाउने हल्ला सुनिएकाले के हुने हो भन्ने चिन्ता भएको उनले बताए ।

‘४० वर्षदेखि ऐलानी जग्गामा बसेको बताउदै उनले अहिले त्यसमा सरकारले डोजर लगाइदिने हल्लाले चिन्तीत बनाउको   बताए । ३÷४ दिन देखि चिन्ताले खाना पनि राम्रो सँग खान नपाएको उनले बताए । अन्त कतै जग्गा नभएको बताउँदै उनले आफूले भोगचलन गरेको ऐलानी जग्गा पाउनु पर्ने बताए । हाल वडा कार्यालयले २०८२ साउन ३० गतेको सूचना र त्यस अघिका सूचना बमोजिम जग्गा प्राप्तिका लागि भरिएका २ हजार ५ सय ८० जनाको विवरणमा कुनै त्रुटि भए सच्याउन भन्दै सूचना जारी गरेको छ । उक्त सूचना अनुसार नाम, नागरिकता नम्बर, अन्य विवरण फरक परेकाहरूको हाल वडा कार्यालयमा भिड लागेको छ ।

विवरण सच्याउन वडा कार्यालय पुगेकी चैत्यन्यपुरकी डम्बरा धामीले पनि सरकारले लालपुर्जा दिनु पर्ने बताइन । पटक पटक लालपुर्जा दिने भनेर कहिले विवरण भराउने, कहिले सच्याउन लगाउने गर्दा गर्दै वर्षौँ बितिसकेको बताउँदै उनले अहिले भरेको विवरणमा त्रुटि भेटिए पनि पुन निवेदन दिन वडा कार्यालयमा पुगेको बताइन । वर्षौँ देखि भोगचलन गर्दै आएको ऐलानी जग्गाको नापी पनि भइसकेको बताउदै उनले लालपुर्जा दिने भन्दा भन्दै वर्षौँ बितिसकेको बताईन ।

वडाध्यक्ष गोपाल दत्त भट्टले तत्काल लालपुर्जा वितरणको कुनै कार्यक्रम नभए पनि आफूहरूले सङ्कलन गरेका विवरणमा कुनै त्रुटि छ की भनेर सूचना जारी गरेको बताए । वैशाख १५ गते जारी गरेको सूचना अनुसार धेरै मानिस वडा कार्यालयमा पुगेको बताउँदै उनले मंगलबार सम्म त्रुटि भेटिएका २ सय ११ जनाका निवेदन पनि सङ्कलन गरिएको बताए । वडा भित्रका सङ्कलन गरेका २ हजार ५ सय ८० जनाको विवरणमा कुनै त्रुटि भए सच्याउन या दाबी विरोध गर्न सूचना जारी गरेको बताउदै उनले अहिले विवरणमा त्रुटि सच्याउनका लागि निवेदन सङ्कलन गर्ने काम मात्रै भइरहेको बताए ।

नगरपालिकाका प्रवक्ता समेत रहेका उनले विवरण सङ्कलन गरेर नगरपालिकामा पठाउने बताउदै हाल केही वडाहरूले विवरण सङ्कलनका लागि सूचना निकालेको भए पनि तत्काल विवरण सच्याएर अगाडी के गर्ने भन्ने बारेमा सङ्घीय सरकारकै निर्णयमा भर पर्ने बताए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत