"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

संयुक्त राष्ट्र जनसंख्या कोषद्वारा सुदूरपश्चिम प्रदेशमा युवा विचार समूह छलफल सुरु

No data was found

Khabar Raftar

चैत्र १३ धनगढी । संयुक्त राष्ट्र जनसङ्ख्या कोषले युवाहरूको भविष्य मार्गदर्शनका लागि छलफल सुरु गरेको छ । कोषको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा जोडिएका युवाको विचार समूह बनाइ समग्र युवाको विषयमा छलफल सुरु गरेकोे हो ।

प्रदेश कार्यालयका प्रमुख राजकुमार ढुङ्गानाले सुदूरपश्चिम युवा विचार समूहले सुदूरपश्चिम प्रदेश सरकार तथा प्रादेशिक युवा परिषद्का रणनीतिक प्राथमिकताहरूमा प्रभाव पार्नेगरी उच्चस्तरीय सुझाव प्रदान गर्ने उद्देश्यले युवा विचार समूहको बैठक अयोजना गरिएको बताए ।

समूह छलफललाई सहजीकरण गर्दै प्रदेश प्रमुख ढुङ्गानाले युवाको सहभागिताबाट युवा नेतृत्वयुक्त शासनतर्फ अघि बढ्ने लक्ष्य रहेको बताए । वर्षमा तीन पटक सबै प्रदेशमा युवा विचार समूहको छलफल चलाउने र छलफलबाट आएका सुझावलाई कार्यान्यनका लागि सरकार समक्ष पेश गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रमाणमा आधारित नीतिका लागि पैरवी गर्ने, जीवन सीपमा आधारित यौन तथा प्रजनन स्वास्थ्य शिक्षा विस्तार गर्नु र सार्वजनिक सेवालाई युवामैत्री तथा दिगो बनाउने युवा विचार समूह छलफलको उद्देश्य रहेको उनले बताए ।

बिहीबार धनगढीमा आयोजित युवा विचार समूह छलफल कार्यक्रममा सुदूरपश्चिम प्रदेश युवा परिषद्का उपाध्यक्ष गजेन्द्र साउद, एलजीविटी आइक्यु समाजका निरङ चौधरी, पिसवीनका रेनुका ढुङ्गेल, रेश्मी चौधरी, दलित अभियन्ता एवम् फेडोका पशुपति शाह कडारा, दृष्टीविहीन युवा समाजका सविता चौधरी, सेती प्रादेशिक अस्पतालका डा. अनिलकुमार सिंह, उद्यमी विरेन्द्र भट्ट, नेपाल उद्योग वाणिज्य सङ्घ कैलालीका सदस्य अजय पाण्डे लगायतको सहभागिता रहेको युवा परिषदका उपाध्यक्ष साउदले बताए ।

छलफल कार्यक्रममा वर्तमान युवाका समस्या र १० वर्षपछि युवाको अवस्था के हुने भन्ने विषयमा समूह बनाएर छलफल गरिएको उनले बताए । विभिन्न क्षेत्रमा युवाको अर्थपूर्ण सहभागिता, युवाको भविष्य, वर्तमान अवस्था, चुनौतीका विषयमा गहन छलफल गरिएको उनले बताए ।

छलफलमा विभिन्न क्षेत्रबाट सहभागी युवाहरूले आफ्नो क्षेत्रमा युवाहरूको अवस्था, समस्या, चुनौती र अवसरका विषयमा आफ्नो धारणा राखेको उनले बताए । विशेषगरी डरलाग्दो अवस्थामा बढ्दैगएको लागु पदार्थको दुव्र्यसन, बेरोजगार, विदेश पलायन, लैङ्गिक हिंसा, बढ्दै गएको अपराध मुख्य समस्याको रूपमा रहेको छलफको निष्कर्ष रहेको उनले बताए ।

बनेका कानुन तथा नीतिलाई व्यावहारिक रूपमा लागु गर्दै जवाफदेहिता, पारदर्शिता, सुशासन सहितको सेवा प्रवाहमा सरकारको जोड हुनुपर्ने सुझाव दिइएको उनले बताए । छलफलमा आएका सकारात्मक सुझावलाई ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयनमा ल्याउन भूमिका खेल्ने उपाध्यक्ष साउदले बताए ।

नेपालमा ३६ प्रतिशत युवाको जनसङ्ख्या रहेको बताउदै उनले सुदूरपश्चिम प्रदेशमा २२.८ प्रतिशत युवाको सङ्ख्या रहेको बताए । राष्ट्रिय युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषा गरेको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित