"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शिक्षासँगै रोजगारीमा जोड्दै कञ्चनपुरको कृष्ण वैजनाथ क्याम्पस

No data was found

Khabar Raftar

चैत्र १३ धनगढी । उच्च शिक्षाका लागि टाढाका सहर धाउनु पर्ने बाध्यता झेल्दै आएका शुक्लाफाँटा र कृष्णपुर क्षेत्रका विद्यार्थीका लागि कृष्ण वैजनाथ बहुमुखी क्याम्पस भरपर्दो शैक्षिक गन्तव्य बन्दै जानुका साथै ‘करियर’ निर्माणको मुख्य थलोका रूपमा स्थापित हुँदै गएको छ ।

ग्रामीण क्षेत्रमै स्नातक र स्नातकोत्तर तहसम्म अध्ययनको अवसर उपलब्ध गराउँदै आएको क्याम्पस ‘करियर’ निर्माणको मुख्य थलोका रूपमा स्थापित हुँदै गएको हो । विसं २०६६ सालमा स्थानीय विद्यालयको एउटा सानो कोठाबाट सीमित स्रोतसाधनका बीच सुरु भएको क्याम्पस आज आफ्नै भवन, व्यवस्थित कक्षाकोठा, पुस्तकालय, कम्प्युटर ल्याब, प्रयोगशाला लगायत पूर्वाधार सहित शैक्षिक रूपमा अब्बल संस्थाका रूपमा विकसित बन्दै गएको छ ।

’सुरुआती दिनहरूमा आफ्नै भवन नहुँदा श्रीकृष्ण माध्यमिक विद्यालयको भवनमा विद्यालय छुट्टी भए पछि बेलुका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको क्याम्पस प्रमुख भवराज निरौला बताए । सीमित स्रोत, न्यून पूर्वाधार र अनेक चुनौतीका बीच सुरु भएको शैक्षिक यात्रा तय गर्दै हाल क्याम्पसको आफ्नै छ कट्ठा जग्गामा पक्की भवन निर्माण भइसकेको उनले बताए । बिहान ७ बजे देखि दिउँसो १२ बजेसम्म नियमित रूपमा पठनपाठन सञ्चालन हुने गरेको जानकारी गराउदै उनले विद्यार्थीलाई अध्ययनसँगै रोजगारी गर्न सहज वातावरण उपलब्ध गराएको बताए ।

क्याम्पसको सबैभन्दा उल्लेखनीय पक्ष अध्ययनरत विद्यार्थी मध्ये करिब ८० प्रतिशत छात्रा हुनु भएको बताउदै उनले तीमध्ये करिब २२ प्रतिशत विवाहित महिला रहेको बताए । घरायसी जिम्मेवारी, खेतीपाती र सन्तानको हेरचाहका बीच पनि आफ्नै नगरपालिका भित्र स्नातक र स्नातकोत्तर तहसम्म अध्ययन गर्न पाउनु यहाँका महिलाका लागि ठूलो अवसर बनेको क्याम्पस प्रमुख निरौलाले बताए ।

ग्रामीण क्षेत्रमा महिला शिक्षाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुगेको बताउदै उनले हाल शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडा, छिमेकी कृष्णपुर नगरपालिका तीन वटा वडा तथा सुदूरपश्चिमका पहाडी जिल्लाबाट गरी ४ सय ८७ जना विद्यार्थी क्याम्पसमा अध्ययनरत रहेको उनले बताए ।

क्याम्पसले स्नातक तहमा व्यवस्थापन सङ्काय अन्तर्गत बिबिएस र शिक्षा संकाय अन्तर्गत बिएड कार्यक्रम सञ्चालन गरिरहेको बताउदै उनले स्नातकोत्तर तहमा शिक्षा सङ्काय अन्तर्गत एमएड (नेपाली) कार्यक्रम सञ्चालनमा रहेको बताए ।

स्थानीय तहमै स्नातकोत्तर तहसम्म अध्ययनको अवसर उपलब्ध हुनु विद्यार्थीका लागि ठूलो उपलब्धि भएको उनले बताए । धेरै क्याम्पसमा डिग्री पाईने भए पनि सीप र रोजगारी पाइँदैन भन्ने धारणा रहेको अवस्थामा क्याम्पसले अध्ययनलाई सीप र रोजगारीसँग जोड्ने प्रयास गरेको बताए । क्याम्पस प्रमुख निरौलालेँ अध्ययनरत करिब ३० प्रतिशत विद्यार्थी विभिन्न रोजगारीमा आबद्ध रहेको बताए ।

धेरै जसो विद्यार्थीहरुले बिहान क्याम्पसमा अध्ययन गर्ने र दिउँसो निजी विद्यालयहरूमा अध्यापन गराउने, वित्तीय संस्था तथा व्यापारिक प्रतिष्ठानमा काम गर्ने गरेको बताउदै उनले यसले विद्यार्थीले कमाउँदै पढ्ने वातावरण बनेको र अभिभावकलाई आर्थिक बोझ कम भएको बताए ।

शैक्षिक गुणस्तर कायम राख्न वार्षिक शैक्षिक क्यालेन्डर बनाएर नियमित पठनपाठन, परीक्षा, अतिरिक्त कक्षा तथा अन्य शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सिद्धराज भट्टले बताए । विद्यार्थीको आकर्षण बढाउन अतिथि शिक्षकको व्यवस्था गरिएको बताउदै उनले पढाइमा कमजोर विद्यार्थीहरूका लागि निःशुल्क अतिरिक्त कक्षाको व्यवस्था गरेको बताए ।

विद्यार्थी भर्ना वृद्धि गर्न आसपासका माध्यमिक विद्यालयहरूसँग समन्वय गर्दै कक्षा १२ का विद्यार्थी र प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको उनले    बताए । गत शैक्षिक सत्रमा प्रयासको परिणाम स्वरूप स्नातक प्रथम वर्षमा मात्रै १ सय ५८ जना नयाँ विद्यार्थी भर्ना भएको उनले जानकारी गराए ।

विद्यार्थीलाई आर्थिक रूपमा राहत दिन विभिन्न छात्रवृत्ति योजना पनि सञ्चालन गरिएको बताए । प्रवेश परीक्षामा प्रथम हुने विद्यार्थीलाई शतप्रतिशत, द्वितीय हुनेलाई ७५ प्रतिशत र तृतीय हुनेलाई ५० प्रतिशत मासिक शुल्क छुटको व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै ३ दशमलव ५ भन्दा बढी जिपिए ल्याएर भर्ना हुने विद्यार्थीलाई शतप्रतिशत शुल्क मिनाहा गरिने व्यवस्था गरेको उनले बताए । विपन्न, दलित, जनजाति, अपाङ्ग, द्वन्द्वपीडित तथा पिछडिएको क्षेत्रका विद्यार्थी मध्ये पाँच प्रतिशतलाई आन्तरिक छात्रवृत्ति प्रदान गर्ने गरिएको बताउदै उनले विश्वविद्यालय अनुदान आयोग मार्फत छनौट भएका विद्यार्थीलाई वार्षिक एक हजार ५ सय का दरले चार वर्षसम्म छात्रवृत्ति उपलब्ध गराइँदै आएको    बताए ।

क्याम्पसले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी सीप, तालिम र रोजगारीसँग जोड्ने कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको अध्यक्ष भट्टले बताए । ’नगरपालिका क्षेत्रभित्र रहेका बैंक, सहकारी संस्था र बीमा कम्पनीहरूमा विद्यार्थीलाई इन्टर्नसिपको अवसर प्रदान गरिँदै आएको उनले बताए ।

लोक सेवा आयोग, शिक्षक सेवा आयोग र बैङ्किङ क्षेत्र सम्बन्धी तयारी कक्षा सञ्चालन गरिँदै आएको बताउदै उनले जसबाट विद्यार्थीलाई भविष्यमा रोजगारी प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको बताए । भौतिक पूर्वाधारका दृष्टिले पनि क्याम्पस उल्लेखनीय रूपमा सुधार आएको निवर्तमान क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्टले बताए ।

क्याम्पसमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्युटर ल्याब, प्रयोगशाला, प्रोजेक्टर सहितका कक्षाकोठा, स्वच्छ खानेपानी र शौचालय लगायतका आधारभूत संरचना उपलब्ध रहेको उनले बताए ।

पछिल्लो समय कक्षा १२ पछि विद्यार्थी विदेश जाने क्रम बढ्दै गएकाले स्थानीय क्याम्पसहरूमा विद्यार्थी सङ्ख्या घट्ने जोखिम देखिएको बताउदै उनले यस समस्यालाई समाधान गर्न क्याम्पसमा विद्यार्थीको रुचि अनुसार प्राविधिक, व्यावहारिक तथा सूचना प्रविधि सम्बन्धी विषय थप गर्नुपर्ने आवश्यकता भएको बताए ।

अभिभावकहरूलाई पनि आफ्नै क्षेत्रको क्याम्पसको महत्व बुझाउन आवश्यक रहेको उनले बताए । नगरपालिकाको शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले क्याम्पसको सर्वाङ्गीण विकासका लागि स्रोतसाधनले भ्याएसम्म आफ्ना तर्फबाट पैरवी गर्ने बताए । शिक्षाको गुणस्तर कायम राख्न नगर क्षेत्रका शैक्षिक संस्थामा नगरपालिकाले लगानी बढाउँदै लगिएको उनले बताए ।

हाल २० जना शिक्षक र चार जना कर्मचारीको व्यवस्थापनमा सञ्चालन भइरहेको क्याम्पसले शैक्षिक गुणस्तर, छात्रवृत्ति, रोजगारमुखी कार्यक्रम, भौतिक पूर्वाधार विकास तथा समावेशी शिक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको क्याम्पस सल्लाहकार समितिका सदस्य उत्तमराज भट्टले बताए ।

’समयको माग अनुसार नयाँ विषय थप गर्दै सूचना प्रविधिमैत्री, सीपमूलक र व्यावहारिक शिक्षामा जोड दिन सके भविष्यमा क्याम्पस सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सामुदायिक शैक्षिक संस्थाका रूपमा स्थापित हुने सम्भावना रहेको छ’ उनले बताए ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित