चैत्र ११ धनगढी । लैंगिक हिंसा, सामाजिक न्याय र विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका विषयमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन । बुधबार दलित महिला संघ फेडो कैलालीले धनगढीमा आयोजना गरेको लैंगिक तथा सामाजिक न्याय र विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि सञ्चार क्षेत्रको भूमिका विषयक अन्र्तकृया कार्यक्रममा सहभागी सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका हुन ।
समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद“ भन्ने मुल नाराकासाथ आयोजीत कार्यक्रम्का सहभागीहरुले लैंगिक हिंसा, सामाजिक न्याय र विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका विषय आझेलमा परेको भन्दै चिन्ता ब्यक्त गरेका हुन । पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य कर्ण शाहले आफ्नो प्रस्तुती उपेक्षित उत्पीडत बर्ग समुदायका विषय ओझेलमा परेको बताउदै चिन्त ब्यक्त गरेका हुन ।
अहिले त्रिकारीतामा राजनितिले प्राथमीकता पाएको बताउदै उनले लैंगिक हिंसा सामाजिक न्याय र विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका विषय ओझेल्मा परेको बताए । पत्रकारीता उपेक्षित उत्पीडित बर्ग समुदायको पक्षमा र राष्ट्र र राष्ट्रियताको सबलताको पक्षमा हुनु पर्ने बताउदै सबै भन्दा बढी दलित महिला हिैसा पीडित भएको बताए ।

पूर्ब केन्द्रिय सदस्य शाहले नेपाल प्रहरीको विवरण अनुसार २०८१ सालमा हिंसापीडित दलित महिलाको सङ्ख्या ११ दशमलव ५४ प्रतिशत रहेको जानकारी गराए । त्यसैगरी हिंसापीडित दलित बालिकाको सङ्ख्या १९ दशमलव ४४ प्रतिशत रहेको उनले जानकारी गराए । राष्ट्रिय महिला आयोगमा अभिलेख भएका घटना मध्ये ११ दशमलव ३४ प्रतिशत दलित महिलासँग सम्बन्धित भएको उनले जानकारी गराए । त्यसैगरी ओरेक नेपालको अभिलेख अनुसार हिंसापीडित महिलामा दलित महिलाको सङ्ख्या २७ प्रतिशत रहेको उनले जानकारी गराए ।
इन्सेकको अभिलेखमा पनि दोस्रो बढ़ी हिंसामा पर्ने महिलामा दलित रहेको जानकारी गराउदै उनले जसमा दलित महिला २२ दशमलव ५८ प्रतिशत रहेको जानकारी गराए । न्यायिक प्रक्रियामा कमजोर उपस्थितिका कारण दलित महिलासँग जोडिएका धेरैजसो हिंसाका घटनाहरू गुपचुप रहने गरेको उनले बताएका छन ।
त्यसैगरी पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महा सचिव शिवराज भट्टले पछिल्लो समयमा यपेक्षित उत्पिडीत बर्ग समुदायका मुद्धाहरु ओझेलमा परेको बताए । दलित महिला तथा पछाडी पारिएका समुदायका सवालहरुलाई समाचारमा प्राथमीकता दिनु पर्ने भए पनि पछिल्लो समयमा ओझेलमा परेको उनले बताए । त्यसैगरी पत्रकार महा संघ कैलाली जिल्लाका अध्यक्ष श्रवण देउवाले पीडितका आवाजहरुलाई सम्बन्धीत निकाय सम्म पु¥याउने र सूचना सम्प्रेशण गर्ने काम पत्रकारले गर्दै आएको बताए ।

अनुसन्धान र खोजमुलक पत्रकारीता न्यून मात्रामा रहेको बताउदै उनले पछाडी पारिएका बर्ग समुदायको आवाज उठाउने काम पत्रकारीता मार्फत हुँदै आएको बताए । दलित महिला संघ फेडो सुदूपश्चिम प्रदेश अध्यक्ष अम्बिका ताम्राकारले अपाङगता भएका महिला, दलित महिलाका अधिकार सुरक्षित गर्ने काम पत्रकारीताको भएको बताउदै पत्रकारीता मार्फत समस्याहरु बाहिर ल्याउनु पर्ने बताईन ।
कानुन कार्यान्वयन गर्न पत्रकारीताको मुख्य भूमीका रहने बताउदै उनले यस्ता विषयमा पत्रकार गम्भिर हुनु पर्ने बताईन । अर्थपूर्ण सहभागिताको विषयको उठान गरी पछाडी पारिएको बर्ग समुदायलाई अगाडी ल्याउन पत्रकारीताले महत्वपूर्ण भूमकिा निर्बाह गर्नु पर्ने उनले बताईन ।
सुदूरपश्चिम प्रदेशमा जातिय विभेद,लैङ्गि हिंसा र छाउपडी प्रथा जस्ता विभेदका खाल्डाहरु भएको बताउदै उनले समाज बिकासका लागि त्यस्ता खाल्डाहरु पुर्न पत्रकारीताले अहम भूमीका निर्बाह गर्नु पर्ने बताईन ।
त्यसैगरी कायैक्रमकी सभापती तथा दलित महिला संघ फेडो कैलालीकी अध्यक्ष सविना सुनारले पछाडी पारिएका बर्ग समुदायका आवाज उठाइ सामाजिक न्याय र सरकालाइ जवाफ देही बनाउन मिडियाको प्रमुख भूमीका रहेको बताउदै बलात्कारछी हत्याका घटना बढ्दै गएकाले अपराध नियन्त्रण र अपराधीलाई कारबाही गर्न पत्रकारीताले अहम भूमीका निर्बाह गर्दे आएको बताईन । अझै थप परिष्कृत र सशक्त रुपमा पत्रकारले सूचना सम्प्रैशण गर्नु पर्ने बताईन ।



