"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा निमाणाधीन बहुउद्देश्यीय कभर्डहल निर्माणको काम रोकियो

No data was found

Khabar Raftar

चैत्र ११ कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहलको काम आठ महिना देखि रोकिएको छ ।

विसं २०८० साल असार देखि प्रदेश सरकारको सहयोगमा निर्माण सुरु भएको बहुउद्देश्यीय कर्भहलको ७० प्रतिशत काम सकिए पनि प्याराफिट निर्माणका विषयमा उल्झन आउँदा निर्माण कार्य रोकिएको हो ।

कभर्डहल निर्माणको जिम्मा पाएको बैजनाथ–कन्टुर जेभीका सञ्चालक सुनिल कुवँरले प्याराफिट निर्माणका लागि भेरिएसन अर्डर (भिओ) नहुँदा आठ महिना देखि काम रोकिएको बताए ।

“आठ महिना अघि भिओका लागि प्रक्रिया थालिए पनि प्रदेश सरकारबाट सुनुवाइ नभएको बताउदै उनले प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त विषय किनारा लगाउनु पर्ने भए पनि ढिलो भएको बताए ।

तेह्र करोड तीन लाख २८ हजारमा निर्माण हुने कभर्डहल निर्माणको समयावधि आगामी असार सम्म रहेको निर्माण कम्पनीले जनाएको छ । तीस महिना भित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि सरकारी प्रक्रियागत ढिलाइकै कारण काम हुन नसकेको उनले बताए ।

प्रदेश सामाजिक विकास मन्त्रालयमा प्राविधिक सहयोग गरिरहेका सामाजिक विकास कार्यालय धनगढीका इन्जिनियर रमेश ऐरीले महेन्द्रनगरको कभर्डहलको प्याराफिट निर्माणको विषय चाँडै हुने बताए ।“इँटाकै स्टेप बनाएर प्याराफिट बनाउने बताउदै, इन्जिनियर ऐरीले “अब चाँडै सचिव स्तरबाट यो विषय टुङ्गोमा पुगेर काम अगाडि बढ्ने बताख्ए ।

उनले कभर्डहल बने विभिन्न खेल सञ्चालनका साथै नियमित प्रशिक्षणमा सहजता मिल्ने बताए । सुदूरपश्चिम प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै ठूला संरचना निर्माणका लागि महेन्द्रनगरमा बहुउद्देश्यीय कभर्डहल र टीकापुरमा स्पोर्टस एकेडेमी निर्माण गरिरहेको छ ।

टीकापुरमा गत वर्ष स्पोर्टस एकेडेमी निर्माण सम्पन्न भइसके पनि निर्माण कम्पनीले हस्तान्तरण गर्न पाएको छैन । दश करोडको लागतमा निर्माण भएको एकेडेमी सञ्चालनका लागि कार्यविधि प्रदेश सामाजिक विकास मन्त्रालयले बनाउन नसक्दा हस्तान्तरणमा ढिलाइ भएको हो ।

मन्त्रालयका विशेष शिक्षा, शैक्षिक योजना र युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत धनराज धामीले एकेडेमी सञ्चालनको शैलीका विषयमा छलफल भइरहेको बताए ।

“एकेडेमी आफैँ सञ्चालन गर्ने कि स्थानीय तहलाई हस्तान्तरण गर्ने लगायत सञ्चालनका विषयमा कार्यविधि बनेपछि एकेडेमीको स्वामित्व लिने उनले बताए । यस विषयमा माथिल्लो तहमा छलफल भइरहेको उनले बताए ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित