"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अपाङ्ता भएका विद्यार्थीहरुलाई पहुँचयुक्त परीक्षा केन्द्रमा, परिक्षा दिन सहज

No data was found

Khabar Raftar

चैत्र ०७ धनगढी । कैलालीको गोदावरीका शारीरिक रूपमा अपाङ्गता भएका विद्यार्थीहरुलाई पहुँचयुक्त परिक्षा केन्द्रमा कक्षा ८ को परिक्षा दिन सहज भएको छ । सुदूरपश्चिमाचल आवासीय विद्यालयमा अध्ययनरत शारीरिक रूपमा अपाङ्गता भएका विद्यार्थीहरुलाई पहुँचयुक्त परिक्षा केन्द्रमा कक्षा ८ को परिक्षा दिन सहज भएको हो ।

सुदूरपश्चिमाचल आवासीय विद्यालयका संस्थापक तथा अपाङ्गता अधिकारकर्मी मान बहादुर साउँदले यस वर्ष कक्षा ८ मा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरूका लागी परीक्षा केन्द्रमा बस्दा विशेष आवश्यकता र पहुँचलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको बताउदै सहज रुपमा परिक्षा दिई रहेको बताए ।

विद्यालय प्रशासनले परीक्षा कक्षको भौतिक संरचना सुधार गरेको बताउदै उनले ह्वीलचेयर प्रयोग गर्ने विद्यार्थीहरूलाई सहज आवागमनका लागि विशेष मार्ग निर्माण गरिएको जानकारी गराए । त्यसैगरी लेख्न असमर्थ विद्यार्थीहरूका लागि लेखन सहयोगीको व्यवस्था गरिएको उनले बताए ।

गोदावरी नगरपालिकामा रहेको सुप आवासिय विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरुले सहज रुपमा परिक्षा दिई रहेको साउँदले बताए । शिक्षा नियमावली २०५९ को दफा ४७ को उपदफा २ अनुसार अपाङ्गता भएका विद्यार्थीहरूलाई अतिरिक्त समय प्रदान गरिएको जानकारी गराउदै उनले उनीहरूलाई आफ्ना उत्तरहरू सहज रूपमा लेख्न सहयोग पु¥याएको बताए ।

विद्यालय प्रशासनका अनुसार, यस्तो व्यवस्थापनले विद्यार्थीहरूको आत्मविश्वास बढाएको उनले बताए । पहिले परीक्षा भन्नासाथ डर लाग्ने गरेको भए पनि अहिले सहज वातावरणमा परीक्षा दिन पाउँदा रमाइलो लागेको विद्यार्थीहरुले बताएका छन ।

यस कार्यमा विद्यालयका प्रधानाध्यापक तथा परीक्षा केन्द्राध्यक्षको नेतृत्व महत्वपूर्ण रहेको बताउदै उनले स्थानीय तह गोदावरी नगरपालिकाका नगर प्रमुख, परीक्षा समिति र शिक्षा, युवा तथा खेलकुद शाखाको सक्रिय सहयोगले यस पहललाई सफल बनाउन भूमिका खेलेको बताए ।

विद्यालय परिवारले सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । अपाङ्गता अधिकारकर्मी मान बहादुर साउँदले यस्ता पहलहरू अहिलेको आवश्यकता भएको बताउदै उनले समाजको मूलधारबाट पछाडी पारिएका वर्गलाई समेट्ने वातावरण तयार गर्नु आवश्यक भएको बताए ।

नीति बनाउनु पर्याप्त नहुने बताउदै उनले त्यसको प्रभावकारी कार्यान्वयन मुख्य कुरा भएको बताए । सबैलाई आफ्नो ठाउँबाट सकारात्मक सोचका साथ योगदान गर्न आग्रह गरेको उनले बताए । नेपालमा पछिल्लो समय समावेशी शिक्षा सम्बन्धी नीति तथा कानुनहरू निर्माण भएका भए पनि व्यवहारमा कति कार्यान्वयन भएका छन् भन्ने प्रश्न अझै उठ्ने गरेको उनले बताए ।

कागजमा राम्रो देखिने नीति व्यवहारमा लागू नहुँदा लक्षित वर्गले अपेक्षित लाभ पाउन नसकेको साउदले बताए । त्यसैकारण, गोदावरीमा गरिएको यो प्रयासलाई सकारात्मक संकेतका रूपमा हेरिएको उनले बताए । त्यसैगरी धनगढी उपमहानगर पालिका वडा नम्बर–११ मा रहेको दक्षिणकाली विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले समावेशी शिक्षामा अझै सुधार आवश्यक रहेको बताएका छन् ।

पञ्चोदय माध्यामीक विद्यालयमा छुट्टै परीक्षा केन्द्र बनाएको बताउदै उनले अपाङ्गमैत्री बनाउने प्रयास जारी रहेको बताए । दोभासे पनि प्रयोग गरिएको जानकारी गराउदै उनले बहिरा विद्यार्थीहरूलाई प्रश्नको उत्तर लेख्न अझै कठिनाइ भइरहेको बताए ।

‘सबै अपाङ्गता भएका व्यक्तिलाई एउटै दृष्टिकोणबाट सेवा दिँदा समस्या भएको बताउदै उनले प्रत्येक अपाङ्गताको प्रकृति फरक हुने भएकाले त्यस अनुसार सेवा दिन आवश्यक भएको बताए । समावेशीता केवल पहुँचमा सीमित नभई, आवश्यकता अनुसारको सेवा र समर्थनमा आधारित हुनुपर्ने उनले बताएका छन ।

दृष्टिविहीन विद्यार्थीलाई ब्रेल लिपि वा अडियो सामग्री आवश्यक हुन सक्ने बताउदै उनले बहिरा विद्यार्थीलाई सांकेतिक भाषाको सहायताले प्रश्न बुझाउने व्यवस्था आवश्यक हुने बताए । शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई भने भौतिक संरचना र सहायक उपकरण महत्त्वपूर्ण हुने उनले बताए ।

गोदावरीको पहलले एउटा महत्वपूर्ण सन्देश दिएको बताउदै उनले इच्छाशक्ति र समन्वयको आधारमा समावेशी शिक्षा सम्भव भएको बताए । स्थानीय तह, विद्यालय प्रशासन, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य भएमा अपाङ्गता भएका बालबालिकाले पनि समान अवसर पाउन सक्ने बताउदै उनले चुनौतीहरू अझै बाँकी रहेको बताए ।

ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरूमा स्रोतसाधनको अभाव, शिक्षकहरूको तालिमको कमी र चेतनाको अभावले समावेशी शिक्षाको कार्यान्वयनमा अवरोध पु¥याइरहेको उनले बताए । यसलाई समाधान गर्न दीर्घकालीन योजना र लगानी आवश्यक भएको बताउदै उनले अपाङ्गता भएका व्यक्तिहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनु उत्तिकै आवश्यक भएको बताए ।

समावेशी शिक्षा केवल नीति मात्र नभई दृष्टिकोण भएको बताउदै उनले सबै विद्यार्थीलाई समान अवसर र सम्मानका साथ शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिने बताए । गोदावरीमा गरिएको असल प्रयासले सही सोच, योजना र प्रतिबद्धताले परिवर्तन सम्भव भएको देखाएको उनले बताए ।

समावेशी शिक्षाको सफलताका लागि सबै पक्षको साझा प्रयास आवश्यक भएको बताउदै उनले सरकार, स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र समुदाय सबैले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । कुरा मात्र गरेर नहुने बताउदै उनले अब व्यवहारमा परिवर्तन ल्याउने समय आएको अधिकारकर्मी साउँदले बताए ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित