फागुन २४ धनगढी । प्रतिनिधि सभा निर्बाचन कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का खेम राज कोइराला विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत परिणाम अनुसार कोइराला प्रतिस्पर्धी उम्मेदवार भन्दा १७ हजार २ सय ५५ मतान्तरले विजयी भएका हुन ।
उनी २८ हजार ५ सय ५६ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरख बहादुर विष्टले ११ हजार ३ सय १ मत ल्याएका छन् । तेस्रोमा नेकपा एमालेका लेख राज भट्टले ९ हजार ४ सय ४४ र चौथोमा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का हरि राम चौधरीले ५ हजार ६ सय ९ मत ल्याएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कमल रजवारले १ हजार ३ सय ५८ मत ल्याएका छन् । कैलाली ४ मा एक जना स्वतन्त्र सहित १६ जना प्रतिस्पर्धी रहेकोमा अन्य उम्मेदवारले भने १ हजार मत पनि कटाउन सकेका छैनन् ।
त्यसैगरी नागरिक उन्मिुक्ति पार्टी नेपालका धन बहादुर सुनारले ६ सय ७५,श्रम संस्कृती पाटीका भिम बहादुर थापा मगरले ३ सय ७९,स्वतन्त्र उम्मेद्वार छत्र बहादुर भट्टले २ सय ४१,नेकपा माओवादीका भक्त बहादुर शाहीले १ सय ७२,उज्यालो नेपाल पाटीका सुभास कुवरले १ सय ५७,नेपाल मानवता पार्टीका यज्ञ बहादुर टमोटाले १ सय ४१,राष्ट्रिय जनमोर्चाका हेम राज भट्ट १ सय २१,नेशनल रिपब्लिक नेपालका, गोपीलाल चौधरीले ४८,नेमकिपाकी अमृता भुलले ४०,नेकपा सयुक्तका मोहन देव मिश्रले ३०,मितेरी पार्टी नेपालका दिनेश कुमार मल्लले ११ मत पाएका छन ।


