"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिले सम्म २८ क्षेत्र जीत्यो

No data was found

Khabar Raftar

फागुन २२ काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिले सम्म २८ क्षेत्र जितेका जितेको छ ।
चितवन–२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०७९ सालको निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । नागरिकता सम्बन्धी विवाद्मा पहिलो पटक उनको पद नै गएको थियो । त्यसपछि भएको उपनिर्वाचनमा समेत लामिछाने नै विजयी भएका थिए । यसपटक पुनः निर्वाचित भएका हुन् । रास्वपाका लामिछाने ५४ हजार ४ सय २ मत ल्याएर विजयी हुँदा प्रतिस्प्रर्धी कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५ सय ६४ मत पाइन् । एमालेका उम्मेदवार अस्मिन घिमिरेको ६ हजार ९ सय ४२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरूङको चार हजार ९ सय ६९ आएको छ ।

धनुषा–३
धनुषा–३ मा रास्वपाका मनिष झाले जित निकालेका छन् । यहाँ कांग्रेसका बिमलेन्द्र निधि, नेकपा एमालेका जुलिकुमारी महतो जस्ता हेभिवेट उम्मेदवार थिए । ती हेभिवेटलाई हराउँदै मनिषले फराकिलो मतान्तर सहित आफ्नो जित निकाले । झा ४३ हजार १ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९ सय ५२ मत ल्याउँदा, नेकपा एमालेका जुलिकुमारी महतोले ९ हजार ५ सय १० मत प्राप्त गरेकी छन् । त्यहाँ यसअघि नेकपा एमालेका जुली कुमारी महतो (महासेठ) विजयी भएका थिए ।

कास्की–३
रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रूपमा खडा भएकी बिना गुरुङले कास्की–३ मा निर्वाचित भएकी छिन् । अन्तिम मतपरिणाम अनुसार, उनी ३७ हजार ७ सय ५० मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनले यसअघिका निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीलाई पराजित गरेकी हुन् । रास्वपा कास्कीको कोषाध्यक्ष समेत रहेकी बिनाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेकी थिइन् ।

काठमाडौं–१०
काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ३७ हजार ४ सय ६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी भएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्की छन् । उनले ८ हजार १ सय मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४ हजार ८ सय ६४ मतसहित तेस्रो स्थानमा छन् ।

मोरङ–४
मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । उनले ४० हजार ८ सय ३३ मत प्राप्त गरे । घिमिरेले १२ हजा। ८ सय १८ मत प्राप्त गरेका छन् ।

कास्की–२
पत्रकारिताको माध्यमबाट सुशासन र पारदर्शिताको आवाज उठाउँदै आएका उत्तमप्रसाद पौडेल कास्की २ क्षेत्रबाट निर्वाचित भएका छन । एमालेले जित्दै आएको क्षेत्रमा उनले २४ हजार ४ सय १८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् । उनले कुल ३१ हजार ९ सय ११ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत प्राप्त गरेका थिए ।

काठमाडौं–५
२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपङ्क्तिमा खटिएका सस्मित पोखरेल काठमाडौं ५ बाट विजयी भएका छन् । वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित उनले नेपाली कांग्रेशका प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ जस्ता चर्चित उम्मेदवारहरूलाई हराए ।

काठमाडौं–४
२०७० को दोस्रो संविधानसभा र त्यसपछिका दुई वटा प्रतिनिधिसभा चुनाव हारेका पुकार बम यसपालि भने संसद् छिर्ने भएका छन् । उनले नेपाली कांग्रेसका सचिन तिमल्सिना, नेकपा एमालेका राजन भट्टराई जस्ता उम्मेदवारलाई हराए । उनले २९ हजार १ सय ८२ मत प्राप्त गरेका छन् ।

काठमाडौं–६
काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७ सय ११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २ सय ९० मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २ सय ३१ मतमा सीमित भएका छन् ।

काठमाडौं–८
२०७९ को निर्वाचनमा सानदार जित हासिल गरेर संसद छिरेका विराजभक्त श्रेष्ठ पुनः यसै क्षेत्रबाट निर्वाचित भएका छन् । विवेकशील साझाबाट सुरु भएको उनको राजनीतिक यात्रा, बागमती प्रदेशसभा सदस्य हुँदै संघीय सरकारको युवा तथा खेलकुद मन्त्रीसम्म बन्न पुगेका उनले यस पटक पनि सोही रेकर्ड दोहो¥याए । उनले २४ हजार ५ सय ९२ मत ल्याए ।

काठमाडौं–३
काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । घिसिङले ११ हजार १ सय ७१ मत ल्याउँदा पाण्डेले १८ हजार ७ सय ५७ मत ल्याएका थिए । पाण्डे काठमाडौं महानगरपालिकाको पूर्व प्रहरी प्रमुख हुन् ।

काठमाडौं–१
रञ्जु दर्शना (नेउपाने) वैकल्पिक राजनीतिका रूपमा परिचित नाम थियो । उनले आफ्नो राजनीतिक करियर विवेकशील नेपाली पार्टीबाट गरेकी थिइन् । समयक्रममा त्यो पार्टी विलय भयो । त्यसपछि पनि उनी राजनीतिक रुपमा सक्रिय रहिन् । यसपटक सुरुमा उनी रास्वपाको समानुपातिक सूचिमा थिइन् । तर, उनीमाथि आलोचना भएपछि प्रत्यक्षमा उम्मेदवारी दिएकी थिइन् । उनको निर्वाचन क्षेत्रमा प्रबल थापा क्षेत्री (कांग्रेस), रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी) जस्ता चिरपरिचित प्रतिद्वन्द्वी    थिए । तर, रास्वपाका लागि पहिलो जित उनै रञ्जुले निकालिन् । कुल मत १५ हजार ४ सय ५५ ल्याउँदा प्रतिस्पर्धीका रूपमा रहेका प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याए ।

काठमाडौं–९

यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति डोल प्रसाद अर्यालले फराकिलो मतले जित हासिल गरे । उनले ३५ हजार ९३ मत प्राप्त गर्दै जित निकालेका हुन् । उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४ सय ६० मत मात्र ल्याइन् । मत परिणामले काठमाडौंका मतदाताले नयाँ राजनीतिक शैली र नेतृत्वप्रति विश्वास प्रकट गरेको देखिन्छ ।

मोरङ–६
कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई ४२ हजार ६ सय ६३ मतान्तर सहित हराउदै रास्वपाकी उम्मेदवार रुबिना आचार्यले जित निकालेकी छिन् । उनी ५५ हजार ५ सय १३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३ सय १७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।

बाँके–१
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भएका छन् । उनले ३२ हजार ७ सय ९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए । त्यस्तै नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६ हजार ३३ मत ल्याउँदा राप्रपाका ३ हजार २ सय ३४ मत ल्याए, प्रलोपाकी कृष्णा केसीले १ हजार २ सय ४० मत ल्याएकी छन् । श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४ सय ६३ मत ल्याए ।

स्याङ्जा–१
स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन् । भर्खरै सकिएको मतगणना अनुसार २९ हजार ७१ मत प्राप्त गर्दै रेग्मी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत पाए । नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८ सय ४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५ सय ५२ मत ल्याए ।

रुपन्देही–४
रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८ हजार ६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६ सय १३ मत ल्याए । नेकपाका बाबुलाल यादवले ३ सय ६, श्रम संस्कृति पार्टीका जुठे दमाइले १९ मत ल्याएका छन् । राप्रपाका अहमददिन मुसलमान ७ सय ९ मत ल्याए ।

बारा – ३
बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट अरबिन्द साह निर्वाचित भएका छन् । रास्वपाका साह ४० हजार ६ सय ९७ मत ल्याएर विजयी भएका हुन् । यहाँ कांग्रेसका फरमुल्लाह मन्सुर दोस्रो भए । उनले ९ हजार ८३ मत पाए ।

महोत्तरी – १
यो क्षेत्रबाट प्रमोदकुमार महोतो निर्वाचित भएका छन् । महतोले ३४ हजार ६ सय ६३ मत पाएर विजयी भएका हुन् । दोस्रोमा नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेल रहे । पोखरेलले १२ हजार ६ सय २४ मत पाए ।

काठमाडौं – २
काठमाडौं २ बाट रास्वपाका सुनिल केसी निर्वाचित भएका छन् । ३४ हजार २ सय ३८ मत ल्याएर केसी निर्वाचित हुँदा कांग्रेसका कवीर शर्माले ८ हजार ८ सय ७७ मत पाए । राप्रपाकी कुन्तीदेवी पोखरेलले ५ हजार २ सय १० मत ल्याइन् । एमालेका मणिराम फुयालले ४ हजार ७ सय ५९ मत पाए ।

भक्तपुर – १
भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई ५ हजार बढी मतान्तरले पछि पार्दै रन्जित विजयी भएका हुन् । रन्जितले ३३ हजार ४ सय ३६ मत पाउँदा सुवालले २८ हजार १ सय ४७ मत पाए । नेपाली कांग्रेसकाम किरण न्यौपानेले ४ हजार २ सय ८२ तथा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७ सय २१ मत पाएका छन् ।

पर्सा –१
पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् । पन्तले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् । पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।

.बाँके–१
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भए । उनले ३२ हजार ७ सय ९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए । नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६ हजार ३३ मत ल्याउँदा राप्रपाका ३ हजार २ सय ३४ मत, प्रलोपाकी कृष्णा केसीले १ हजार २ सय ४० मत ल्याएकी छन् । श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४ सय ६३ मत ल्याए ।

बाँके–३
बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनारले २९ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत पाएका छन् । नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २ सय १५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७ सय ७४ मत पाएका छन् ।

काठमाडौं – ७
काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले २७ हजार ,८ सय ५ मतसहित विजयी भएका हुन् । पराजुली यसअघि २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक पुनः दोहोरिए । यसपटक नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३ हजार ९ सय ८२ मत ल्याएर दोस्रो स्थानमा रहँदा पराजुलीले जित हासिल गरेका हुन् ।

पर्वत – १
पर्वत १ बाट रास्वपाका सागर भुसाल निर्वाचित भए । उनले २६ हजार ५ सय ६१ मत ल्याए । दोस्रो भएका कांग्रेसका अर्जुनप्रसाद जोशीले १५ हजार ९ सय ५४ मत पाए । १० वर्ष इजरायलमा श्रम गरेर फर्किएका भुसालले पोखरामा होटल व्यवसाय र उद्योग चलाइरहेका थिए । ास्वपामा आबद्ध भएर राजनीतिमा जोडिएर उम्मेदवार भए र चुनाव जिते ।

कैलाली –१
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञावली विजयी भएका छन् । कांग्रेसका जनकराज चौधरीलाई पराजित गर्दै ज्ञावली विजयी भएका हुन् । उनले १७ हजानर ८ सय २६ मत ल्याएका छन् भने जनकराजले १२ हजार ८ सय ६७ मत पाएका छन् ।

रुपन्देही–२
रुपन्देही –२ मा रास्वपाका सुलभ खरेल विजयी भएका छन् । खरेलले एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पराजित गरेका हुन् । खरेलले ५६ हजार ५ सय ५० मत पाउँदा पौडेलले १२ हजार ८ सय ६१ मत मात्रै पाए ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित