फागुन २२ कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका ज्ञानेन्द्र अग्रस्थानमा रहेका छन । निर्वाचन अधिकृत तारा प्रसाद जोशीका अनुसार हालसम्म करिब ९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र महताले ३ सय ८७ मत प्राप्त गरी अग्रस्थानमा रहेका हुन ।
त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले १ सय ५६ मत प्राप्त गरेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार डा. दीपक प्रकाश भट्टले ८५ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कुल १ लाख ३ हजार ८७ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५८ हजार ३ सय ६१ मत खसेको थियो । जसमा ३२ हजार ७ सय ३० जना महिला र २५ हजार ६ सय ३१ जना पुरुषले मतदान गरेका थिए । यस क्षेत्रमा ५६.६२ प्रतिशत मतदान भएको छ । १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।


