फागुन २१ कञ्चनप्ुर । प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानमा कञ्चनपुरमा ४२ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जाल फेसबुकमा सूचना शेयर गर्दै दिउँसो २ बजेसम्म कञ्चनपुरमा ४२ प्रतिशत मत खसेको जानकारी गराएको हो ।
कञ्चनपुरमा जम्मा मतदाता संख्या तीन लाख १४ हजार ३ सय ८५ रहेका छन । जसमध्ये एक लाख ३१ हजार ५ सय ७७ मत खसेको छ । जुन ४२ प्रतिशत हुन आउँछ । स्थानीय प्रशासनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ४२ हजार ९ सय १२ मत खसेको छ । जसमध्ये महिला २२ हजार ५ सय २७ जना र पुरूष २० हजार ३ सय ८५ जना रहेका छन् ।
यहाँ कुल मतदाता संख्या एक लाख एक हजार ७ सय २४ रहेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा ४७ हजार ४५ मत खसेको छ । जसमध्ये २४ हजार ९ सय ४५ महिला र २२ हजार १ सय पुरूष रहेका छन् ।
कञ्चनपुर–२ मा एक लाख ९ हजार ५ सय ७४ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा जम्मा एक लाख ३ हजार ८७ जना मतदाता रहेका छन् ।
जसमध्ये अहिलेसम्म ४१ हजार ६ सय २० मत खसेको छ । जसमा महिला २२ हजार ३ सय २१ र पुरुष १९ हजार २ सय ९९ रहेका छन् ।


