फागुन ०७ धनगढी । टिकापुर नगरपालिका वडा नम्बर–९ खक्रौलाबाट ७ सय ३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध सहित २३ वर्षीय सन्तोष बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी टिकापुर नगरपालीका वडा नम्बर–९ स्थित मोहना नदी किनारबाट २ ग्राम ४ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २५ वर्षीय उमेश साँउद र २५ वर्षीय प्रकाश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई पनि प्रहरी चौकी कालाकुण्डाको टोलीले बुधबार राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 35


