"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातीय विभेद गर्नेलाई हदै सम्मको कारबाही गरौ

No data was found

Khabar Raftar

समाज सभ्यताको उत्कर्षतर्फ उन्मुख भई रहेको अबश्थामा विद्यालय जस्तो ज्ञान, समानता र मानवीय मूल्य सिकाइने पवित्र स्थानमा जातीय विभेद हुन्छ भन्ने कुराको कसैले विश्वास गर्दैनन होला । पवित्र स्थानमा जातीय विभेद जस्तो घटना घट्नु अत्यन्तै लज्जास्पद र चिन्ताजनक विषय हो । कृष्णपुर नगरपालिका स्थित एउटा विद्यालयमा सरस्वती पूजाको अवसरमा शिक्षक गजराम सार्कीलाई गरिएको जातीय विभेदले मानव सभ्यताको खिल्ली उडाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारीले गरेको जातीय विभेदले समाजको वास्तविक अनुहार उजागर गरेको छ । सार्वजनिक स्थलमा अन्य शिक्षकलाई टीका लगाइदिदा शिक्षक सार्कीलाई टीका नलगाई पातमा राखेर हातमा दिनु सामान्य व्यवहार नभई जघन्य अपराध हो । यस्तो जातीय विभेद र अपमानजनक कार्य गर्ने ब्याक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो गरीमामय पदमा बस्नुले पनि समाजलाई कस्तो बाटोमा डो¥याई रहेको छ भन्ने कुरा स्पष्ट गरेको छ ।

यो घटनाले कानुनको मात्र होइन, नैतिकताको पनि गम्भीर उल्लंघन गरेको छ । शिक्षक महासंघ कृष्णपुर नगर समितिले घटनाविरुद्ध आवाज उठाउदै अध्यक्षलाई पदबाट हटाएर कानुनी कारबाही गर्न माग गर्नु समय सापेक्ष र स्वागतयोग्य कदम    हो । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ ले सार्वजनिक स्थानमा जातीय आधारमा गरिने विभेदलाई दण्डनीय अपराध मानेको भए पनि यस्ता घटना दोहोरिनु राज्यका निकाय र समाज दुवैको असफलता हो ।

यो घटना केवल एक शिक्षकको व्यक्तिगत अपमानमा सीमित नभई यसले सम्पूर्ण शिक्षक समुदायको आत्मसम्मानमा चोट पु¥याएको छ । शिक्षकलाई नै यस्तो व्यवहार गरिन्छ भने विद्यार्थी र समाजमा कस्तो सन्देश जान्छ भन्ने गम्भीर प्रश्न उठएको छ । विद्यालयले समानता, सम्मान र समावेशिताको पाठ पढाउनु पर्नेमा जातीय विभेद गरिनु आफैमा लज्जाष्पद विषय हो ।

घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आजको आवश्यकता हो । जातीय विभेद विरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमा लागू नगरे सम्म यस्ता अमानवीय घटना नरोकिने भएकाले कारबाही गर्न जरुरी छ । समाज मौन बस्ने हो भने, जातीय विभेद मौलाउँदै जाने छ र सभ्य समाजको सपना केवल नारामै सीमित हुने छ । जातीय विभेद परम्परा नभई अपराध भएकाले जातीय विभेद गर्नेलाई हदै सम्म्को कारबाही गर्न जरुरी छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित