असोज ३० धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्द सहित ८ जना प्रहरीलाई सम्मान गरिएको छ ।
अत्तरियामा डडेल्धुराका गौरव ऐरमाथि भएको हतियार प्रहारको घटनामा सक्रियता देखाएर आरोपीतहरू भारततर्फ भागिसकेको अवस्थामा पक्राउ गरेर ल्याए पछि उनीहरुलाई सम्मान गरिएको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले रेकर्डमा जानेगरी नगद सहित उनीहरूलाई सम्मान गरिएको बताए । इलाका प्रहरी कार्यालय मालाखेती र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले गौरव ऐरमाथि धारिलो हतियार प्रहार गर्ने धनगढीमा गोब्रा सरकारका नाममा गुण्डागर्दी गर्ने भनिएका सन्नी भनिने भीम नेपाली सहितका १२ जनालाई भारततर्फ भाग्दै गरेको अबश्थामा गरेको थियो । भारतीय सीमावर्ती बजारबाटै पक्राउ गरिएका उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनकारी गराएको छ ।


