"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमका कारागारबाट बाहीरिएका चार सय ३२ जना कैदीबन्दी सम्पर्कमा आएनन

No data was found

Khabar Raftar

असोज २६ धनगढी । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गेतका दिन कैलाली लगायत सुदूरपश्चिमका कारागारबाट बाहीरिएका ४ सय ३२ जना कैदीबन्दी अहिले सम्म सम्पर्कमा आएका छैनन । सुदूरपश्चिमका कैलाली सहीत ६ वटा कारागार र एउटा बाल सुधारगृहबाट बाहीरिएका १ हजार ४ सय ५८ जना बन्दी मध्ये ४ सय ३२ जना कैदीबन्दी अहिले सम्म सम्पर्कमा नआएका हुन ।

कैलाली कारगारमा रहेका ६ सय ६६ जना कैदीबन्दी सहित अन्य कारागारका कैदीबन्दी बाहीरिए पछि बाहीर गएका कैदीबन्दीलाई पक्राउ गर्न प्रहरीले टोली परिचालन गर्नुका साथै आफैँ सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरे पनि सुदूरपश्चिमका कारागारबाट बाहीर निकलीएका ४ सय ३२ जना कैदीबन्दी एक महिनासम्म पनि फरार सूचीमै रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सुदूरपश्चिम प्रदेशबाट भागेका १ हजार ४ सय ५८ जना कैदीबन्दी मध्ये १ हजार २६ जना मात्रै कारागार फर्किएको जानकारी गराए । केहीलाई पक्राउ गरिएको बताउदै उनले केही आफैँ कारागारमा फर्किएको बताए । एसपी मिश्रले अझै ४ सय ३२ जना कैदीबन्दी फरार रहेको बताए ।

फरार मध्ये १९ जना कैदीबन्दी भारतीय नागरिक भएको उनले जानकारी गराए । आन्दोलनको समयमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ र बैतडी कारागार तथा बाल सुधारगृह डोटीबाट बन्दीहरु बाहीर गएका थिए । एसपी मिश्रले कैलालीबाट भागेका २ सय ८८ जना, कञ्चनपुरका १ सय ५ जना, बझाङका १२ जना, दार्चुलाका ६ जना, डडेल्धुराका ५ जना र बैतडीका १ र डोटीको सुधारगृहबाट भागेका १५ जना अझै फरार रहेको जानकारी गराए ।

फरार रहेका कतिपय कैदीबन्दी भारत गएको हुनसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतमले फरार भएका कैदीबन्दीबाट हुनसक्ने आपराधिक घटना र सुरक्षा चुनौतीको आकलन गरेर सुरक्षा सतर्कता अपनाइएको बताए ।

‘फरार कैदीबन्दी पक्राउ गर्न टोली नै परिचालन गरिएको बताउदै एसपी मिश्रले सरकारले फरार भएका कैदीबन्दीलाई पछिल्लो समय २० असोज सम्म कारागार फर्किसक्न सूचना जारी गरेको बताए । फरार कैदीबन्दी विरुद्ध अहिले कारबाहीको चरण सुरु नभएको उनले बताए ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित