"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रहरीको उच्च ओहदा एआईजीमा पुग्न सफल डम्बर विक

No data was found

Khabar Raftar

असोज २५ धनगढी । नेपाल प्रहरीका एआईजी डम्बर विक राज्य सत्ताबाट शताब्दीऔँसम्म उत्पीडनमा पारिएको दलित समुदायमा जन्मिएर विभेद र बहिष्करणको जङ्घार पार गर्दै प्रहरीको उच्च ओहदासम्म पुग्ने पहिलो सफल व्यक्ति हुन । आफ्नो समुदायका लागि अनुकरणीय उदाहरण र प्रेरणाको पात्र डम्बर विकले दलित समुदायमा जन्मिएर विभेद र बहिष्करणका कठिनाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुग्ने पहिलो ब्याक्ति हुन । उनको संघर्षमय जीवन र सफलता दलित तथा सीमान्तकृत समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ । विकको सफलताले विभेद र दलनबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

दाङको घोराहीबाट करिब १३ किलोमिटर दक्षिणमा रहेको घर्ना गाउँका सामान्य किसान परिवारमा जन्मिएका डम्बर विक प्रहरी सेवामा अनुकरणीय उदाहरण बनेका छन् । २०८१ मंसिर १७ मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुँदा नै दलित समुदायबाट उच्च ओहदामा पुग्ने प्रहरी अधिकृतको रुपमा इतिहास बनाएका उनलाई सरकारले हालै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको हो । उनले राज्य सत्ताबाट शताब्दीऔँसम्म उत्पीडनमा पारिएको दलित समुदायमा जन्मिएर विभेद र बहिष्करणका जङ्घार पार गर्दै प्रहरीको उच्च ओहदासम्म पुग्ने पहिलो व्यक्तिको रूपमा इतिहास रचेका छन ।

प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका विक सहित सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी र हिमालय कुमार श्रेष्ठलाई शुक्रबार प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले एक समारोहबीच दज्र्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । एआईजीको रुपमा कार्यभार सम्हालेसँगै एआईजी विक अब प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजी) पदको स्वभाविक दाबेदार समेत बनेका छन् ।
संघर्षमय बाल्यकाल, पढाइमा मेधावी
डम्बर विकले कलिलो उमेरमै बाबु–आमा गुमाए । ६ कक्षामा पढ्दै गरेका उनले बाआमाको वियोगपछि पढाइलाई निरन्तर गर्न ठुलो संघर्ष गर्नुप¥यो । पाँच दाजुभाइ र दुई दिदीबहिनीका काइँलो भाइ उनी घरबाट करिब दुई घण्टा हिँडेर स्कुल पुग्थे । पढाइमा मेधावी भएका कारण उनी शिक्षकका प्रिय थिए । जस्तो सुकै कठिन परिस्थितिमा पनि उनले पढाइलाई नै प्राथमिकतामा राखे । त्यो बेलाको नेपाली समाजमा जातीय विभेद र छुवाछूत अहिलेभन्दा बढी थियो । तर, यस्ता अनेक कठिनाइ छिचोल्दै उनले शिक्षालाई निरन्तरता दिए ।

‘विभेद थियो, गाउँदेखि स्कुलसम्म भोगियो । तर मैले पढाइलाई केन्द्रमा राखेर निरन्तर अघि बढिरहेँ’, उनी भन्छन्,‘त्यो बेला विद्रोह गर्ने साहस र चेत थिएन । तसर्थ पढाइलाई नै मुख्य लक्ष्य बनाएँ ।’ गाउँ छाडेर सदरमुकाम घोराही आइ एसएलसी दिए । घोराहीका एक जना थारु जिम्दारको घरमा डेरा बसे । बिहान बेलुकी सानो कक्षाका विद्यार्थी ट्युसन पढाउँथे । ट्युसनको पैसाले जीविका चलाउँथे ।
काठमाडौँमा डेरा खोज्दा विभेद
एसएलसी उत्तीर्ण भएपछि उनी ‘सपनाको सहर’ काठमाडौँ उक्लिए २०४४ सालमा । जब उनले काठमाडौँ खाल्डो टेके, त्यहाँ पनि पाइला–पाइलामा विभेद र दलन व्यहोरे । ‘असली संघर्षको दिन त काठमाडौँबाट सुरु भएको थियो’, डम्बर सम्झिन्छन्,‘बिरानो सहरमा टिक्न धेरै गाह्रो भयो । काठमाडौँमा डेरा पाउन हम्मे हम्ेमे थियो– दलितलाई । पढाइ खर्च जोहो गर्न अर्को ‘महा भारत’ । जेनतेन उनले पढाइ सुरु गरे । काठमाडौँ पुगेपछि मात्रै उनले आफू माथिको विभेदलाई गहिरो ढङ्गले बुझ्न सके । ‘यसै अवधि देखि विभेद र दलनबारे गहिरो चेतना मिल्यो उनले सुनाए,‘नेपाली समाज र त्यसको चरित्र मज्जाले पढ्न सकेँ ।

त्रिभुवन विश्वविद्यालयमा डिग्री गर्दै थिए । त्यही क्रममा आफ्नै समुदायकी एक युवती वसन्ती देवी सुनारसँग उनको चिनापरिचय भयो । त्यो चिनजान कालान्तरमा बिहेमा परिणत भयो । चिनजानको चाँजो चाहिँ उनका नजिकका चिनारु मानबहादुर विश्वकर्माले मिलाइदिएका थिए । उनले डम्बरलाई एक दिन भने,‘एक जना पढे लेखेकी केटी छन्, हेर है तिमीलाई ठीक लाग्यो भने बिहे गर्दा हुन्छ ।’ डम्बरले केटी हेर्ने बित्तिकै ‘एकै नजरमा’ मन पराइहाले । बीएड गरेकी, विदेश पढ्न जाने विद्यार्थीलाई टोफेल पढाइरहेकी केटीप्रति उनी आकर्षित भइसकेका थिए । प्रहरी सेवा प्रवेश अघि नै उनले बिहे   गरे । काठमाडौँमा सङ्घर्षपूर्ण जीवनको थालनी बल्ल सुरु भएको थियो । डेरा भाडा तिर्न र मिठो मसिनो खान धौधौ नै थियो । डम्बरको सङ्घर्षमय जीवनमा उनकी श्रीमतीको साथले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
अनुसन्धान विभागबाट सेवा प्रवेश
जनप्रशासनमा स्नातकोत्तर पूरा गरेर अवसरको पर्खाइमा बसेका डम्बरका लागि २०५३ सालको एउटा दिन निर्णायक बन्यो । गोरखापत्रमा प्रकाशित राष्ट्रिय अनुसन्धान विभागको नयाँ भर्ना सम्बन्धी विज्ञापन देखेपछि उनले तत्काल प्रतिस्पर्धाका लागि प्रक्रिया सुरु गरे । राष्ट्रिय अनुसन्धान विभागबाट डम्बरको जागिरे जीवन सुरु भयो । आफ्नो क्षमतामा विश्वास गरेर खुला प्रतिस्पर्धामा सहभागी उनले निरीक्षकको रूपमा नाम निकाल्न सफल भए । २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा निरीक्षक पदमा भर्ती भएसँगै डम्बरको सोचले मूर्त रूप लियो ।

‘देशमै बसेर सेवा गर्नुपर्छ भन्ने मेरो सोचले त्यस दिन ठोस दिशा पायो’, उनी सम्झिन्छन् । राष्ट्रिय अनुसन्धान विभागमा सेवा गर्न थालेपछि उनले करियरलाई नयाँ उचाइमा पु¥याउन निरन्तर मेहनत   गरे । यो उपलब्धिले केवल डम्बरलाई व्यक्तिगत रूपमा आत्मविश्वास मात्रै दिलाएन । समाजका लागि योगदान दिने उनको लक्ष्यलाई पनि साकार तुल्यायो । उनी राष्ट्रिय अनुसन्धानमा भर्ती भएको करिब ३ वर्षपछि श्रीमतीले पनि गैर सरकारी संस्थामा जागिर सुरु गरेकी थिइन् ।

त्यसपछि उनीहरूको जीवन क्रमशः जटिलताबाट सहजतातिर सोझिँदै गयो । ‘द्वन्द्वकालीन अवस्थामा समेत उनले मलाई निरन्तर ऊर्जा थप्ने काम गरिरहिन्,’ डम्बर भन्छन्,‘त्यही ऊर्जाले नै आज मलाई यो सफलता हासिल गर्न प्रेरित गरेको हो ।’ २०५८ सालमा सशस्त्र प्रहरी बलको स्थापना भएसँगै डम्बर अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भए । द्वन्द्वकालको चरम समयमा पनि उनी आफ्नो कर्तव्यबाट पछि हटेनन् । उनले सुर्खेतबाट प्रहरी सेवाको जिम्मेवारी प्रारम्भ गरे ।

‘मैदान छाड्नु हुँदैन भन्ने अठोटले आज म यहाँ छु,’ उनी अनुभव साँट्छन्,‘मिहेनत, निरन्तरता र धैर्यताले मान्छेलाई एक दिन अवश्य सफलतातिर डो¥याउने रहेछ । प्रहरी सेवामा रहँदा उनी जिम्मेवारीप्रति सधैँ सतर्क र सचेत भए । सानो गल्तीले भविष्य भर दाग लाग्ने पो हो कि ! भन्ने डर उनको मनमा बसिरह्यो । जसले आज उनलाई निष्कलङ्क रूपमा प्रहरी सेवाको यात्रामा अगाडि बढायो । प्रहरीमा बढुवा नियमित प्रक्रिया हो । विक त्यही प्रक्रियाबाट आफ्नो क्षमता देखाउँदै अहिले एआईजी बनेका छन् ।
दलित समुदायलाई न्यायको आशा
यो बढुवाले उनको करिअर र परिवारमा मात्रै खुसीयाली छैन, बरू सिंगो दलित समुदायमा उल्लास छाएको छ । विक सामाजिक सञ्जालमा छाएका छन् । जात व्यवस्थामा आधारित नेपाली समाजमा अहिले पनि जातका आधारमा हुने विभेदका घटना निरन्तर भई रहेका छन् । कहिले चुलो छोएको निहुँमा त, कहिले अन्तरजातीय प्रेम र विवाह गरेको वाहनामा, वर्षेनि दलितहरूले ज्यान गुमाउनु परिरहेको छ । कानुनतः यो विगत १४ वर्षदेखि दण्डनीय अपराध हो । तर समाजमा यस्तो अपराध गर्नेहरू खुलेआम छन् ।

यस्ता विभेद र उत्पीडनका घटनामा पीडितहरूको सबैभन्दा पहिले गुनासो सुन्ने राज्यको निकाय भनेकै प्रहरी हो । तर प्रहरीमा पनि व्याप्त विभेदकारी सोचका कारण दलित समुदायले जातीय भेदभाव र छुवाछूतका घटनामा न्याय पाउन नसकेका घटना बेला–बेला सार्वजनिक भइरहन्छन् । यस्तोमा प्रहरीको उच्च ओहदामा विक हुनुले दलित समुदायको न्यायको पहुँचमा समेत वृद्धि हुने आशा रहेको देखिन्छ । हालको कानुनी व्यवस्था अनुसार विक २०८३ मा अनिवार्य अवकाशमा जानेछन् । त्यसआधारमा उनको कार्यकाल अब एक वर्ष बाँकी छ ।

त्यसअवधिमा सरकारले चाहे उनलाई प्रहरी महानिरीक्षक पनि बनाउन सक्ने छ । उत्पीडित समुदायबाट संघर्ष गरेर आएपनि पेशागत क्षमता र व्यवसायिकतामा अब्बल रहेकाले उनी प्रहरी महानिरीक्षक (आइजिपी)को जिम्मेवारीका लागि समेत आफू तयार रहेको बताउँछन् । ‘सरकारले विश्वास गरेर मौका दिए म तयार नै छु, यसले नयाँ इतिहास बन्ने थियो,’ उनी आशावादी रहेको भन्दै अघि भन्छन्, ‘अवसर पाए पछि हट्ने छैन ।

जातीय विभेदको जङघार तर्दै अघि बढेका डम्बरको जीवन यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्रै होइन, यो नेपाली समाजको प्रेरणादायी कथा समेत हो । उनको सफलताले विभेद र दलनबीच पनि संघर्षको बाटोबाट शिखर चुम्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित