सरकारले हली प्रथाको अन्त्य गरेको भए पनि खली प्रथाको भने अन्त्य गरेको देखिदैन । अझै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खलो प्रथा कायमै देखिन्छ । विशेष गरी दलित समुदायले साहुको खेतबारीमा बर्षभरी काम गरी सिजन अनुसार पाउने धान गहुले दलित समुदायको केही ब्याबश्था हुने भए पनि बास्तबमा उनिहरुको श्रम शोषण गर्ने माध्याम हो खलो प्रथा ।
हली, डोली र खली प्रथाको अन्त्यका लागी आवाज बुलन्द भए पनि हली प्रथाको मात्र अन्त्य भएको छ । हली प्रथा पनि पूर्ण रुपमा अन्त्य हुन नसकेको अबश्था छ । सरकारले उचित ब्याबश्थापन गर्न नसक्दा पसन हलीया बसेक उदाहरणहरु पनि छन । डोली प्रथाको भने अन्त्य भएको छ ।
विहेमा दुलही बोक्ने डोली प्रथा भने अहिले पूर्ण रुपमा आफै अन्त्य भएको देखिन्छ । त्यसैगरी खेती लगाउने समय देखि भित्र्याउने समय सम्म दलित समुदायले साहु महाजनको घरमा खेतमा काम गर्ने भए पनि उनिहरुले पाउने खलो प्रथा जीवितै रहेको छ । बर्षभरी काम गरी उनीहरुले पाउने श्रमबाफत पाउने बाली अनुसारको अन्न अत्यन्तै कम हुन्छ । जो श्रमशोषणको चरम उदाहरण हो ।
अहिले पनि दलित समुदायले यो प्रथालाई अगाल्दै आएका छन । यो प्रथाले मालिकलाई अझै मालीक र दलितलाई झनै गरिब बनाउने भएकाले यसको अन्त्य हुन जरुरी छ । दलित समुदायले पनि यस विषयमा गम्भिर हुन जरुरी छ । ब्यर्थैमा आफ्नो श्रम शोषण हुन दिनु हुदैन ।
तराईमा दिन भरी काम ग¥र्यो भने ५ सय देखि ८ सय सम्म ज्याला पाईन्छ तर पहाडका दलित समुदायले ६ महिना नङग्रा खियाएर काम गर्दा पनि एक कट्टा भन्दा बढी धान पाउदैन । अझै सुप्पा र डालाले सिजन अनुसार बाली दिने गरिन्छ । त्यो पनि एक सुप्पा दुई सुप्प मात्र । त्यसैले दलित समुदायले यस्ता कामहरुको बास्ता नगरी उचित श्रम लीएर काम गर्न जरुरी छ ।
काम गर्न त छदै छ त्यसैले सम्मान जनक तरीकाले बरु मज्दुरी गर्न आवश्यक छ । मजदुरको श्रमको उचित मूल्य साहुले पनि दिन आवश्यक छ । खलो प्रथा कहिले सम्म भन्ने प्रश्नको अन्त्य गर्न सरकारले नै उचित पारीश्रमीक निर्धारण गरी खली प्रथाको अन्त्य गर्न जरुरी छ ।

