"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खप्तडमा निर्माण गरिएका आवास अलपत्र

No data was found

Khabar Raftar

भदौ १४ धनगढी । सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य खप्तडमा पर्यटकको आवास सुविधाका लागि ६ वर्ष अघि देखि निर्माणाधीन भवन अझै प्रयोगमा आउन सकेका छैनन ।

सुविधायुक्त आवासको अभावमा ‘भूस्वर्ग’का नामले चर्चित खप्तड पुगेका पर्यटक अव्यवस्थित बसाइको तितो अनुभव बोकेर फर्कने गरेका भए पनि निर्माणाधीन भवन अझै प्रयोगमा आउन नसकेका हुन ।

खप्तड राष्ट्रिय निकुञ्जको मुख्य ब्यारेक नजिक बन्न लागेको ८० बेड र डोटीको बाटो भएर आवत जावत गर्ने पर्यटकका लागि बिचपानीमा बन्न लागेको २० बेड क्षमताका ८ वटा भवन ६ वर्षदेखि अलपत्र परेका छन ।

१ सय ५० जना पर्यटकलाई सुविधायुक्त तरिकाले बास बस्न मिल्ने भवन निर्माणको ठेक्का प्रक्रिया २०७६ सालमा नै सुरु भएको थियो ।

नेपाल पर्यटन बोर्डले २०७५÷०७६ मा भवन निर्माणका लागि विनियोजन गरेको ५ करोड रकम मध्येबाट टीडीआर एन्ड बीजी जेभी कम्पनीसँग मूल्य अभिवृद्धि करबाहेक ४ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

खप्तड राष्ट्रिय निकुञ्जले प्रिफ्याब प्रविधिमा आधारित ती भवन निर्माणका लागि उक्त कम्पनीलाई ७ महिना भित्र काम सम्पन्न गर्ने गरी ०७६ चैतमै स्वीकृति दिएको थियो ।

त्यसयता पटक पटक गरी ५ पटक म्याद थप गरेपछि २०८१ सालमा मात्रै उक्त कम्पनीले भवनका संरचनाहरु तयार गरेको थियो । भवन संरचना बने पनि ठेक्काको सर्तबमोजिम खानेपानी जडान, घेरबार, उड फ्लोअरिङ (कोठाभित्र काठ छाप्ने काम), बत्ती जोड्ने लगायतका काम नगरे पछि निकुञ्ज कार्यालयले ठेक्का तोडेको थियो ।

बाँकी काम गर्नका लागि गत वर्ष मंसिरमा गजेन्द्र निर्माण सेवालाई खप्तड र नेत्रेश्वरी निर्माण सेवालाई बिचपानीको भवनको ठेक्का दिइएको थियो । ‘बिचपानीको काम लगभग सकिएको छ ।

खप्तडको भवनमा पनि घेरबारको काम सकेर उड फ्लोअरिङ भैरहेको छ,’ खप्तड राष्ट्रिय निकुञ्जका रेञ्जर परसुराम कठायतले सकेसम्म छिटो काम सम्पन्न गरेर भवनहरु प्रयोगमा ल्याउने गरी निकुञ्जले ताकेता गरिरहेको बताए ।

भवन निर्माणको काम पूर्ण रुपमा सम्पन्न भए पनि व्यवस्थापन कसरी गर्ने भन्ने निक्र्यौल नभएका कारण प्रयोगमा आउन समय लाग्ने उनले बताए ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित