नेपाल संसारकै जल सम्पदामा दोस्रो धनी देश हो । बन जंगल र जडीबुटीमा पनि धनी देश हो । प्राकृतीक छटाहरुको पर्यटकीय भूमी हो । तर यसको प्रयोग हुन नसक्दा देश नै गरीवीको रेखामा रहेको छ । देश गरीव छ भने त्यो देशका सबै नागरिक सम्पन्न हुन सक्ने कुरै भएन । कोही अति सम्पन्न छन भने कोही बस्न खानको लागी भौतारी रहेका छन ।
ती गरीव वीपन्न परिवारहरुको घरजग्गा छैन, खाने ठेगान छैन । उनिहरुले गर्दै आएको सडक ब्यापार समेत सुन्दर नगर निर्माण गर्ने बहानामा बन्द भएको छ । सडक फुटपातमा ब्यापार गरेर हातमुख जोर्ने उनिहरुलाई सडकको फुटपात ब्यापार बन्द भए पछि समस्या भएको छ । काठमाडौं महानगरले सुरु गरेको सुन्दर नगर निर्माणको अभियान देशभर पुगेको छ ।
व्यापार गर्न नपाए पछि उनिहरुको जीवन गुजारा पनि बन्द भएको छ । यसरी सडक ब्यापार बन्द भए पछि उनिहरुको गुजारा चल्न पनि समस्या भएको छ । व्यापार गर्न नदिए पछि कसरी बालबच्चाहरु पाल्ने र कसरी पढाउने ? र के खाने भन्ने चिन्ताले सताएका उनिहरुलाई सम्बन्धित निकायले विकल्प दिन जरुरी छ ।
विना विकल्प लखेटीएका उनिहरुको राज्यले ब्याबश्था गर्न जरुरी छ । नेपाली नागरिकहरुले खान लाउन र बाच्न पाउने सधिकार संविधानले दिएको छ । त्यसैले उनिहरुलाई लखेटन अगाडी नसोचेको स्थानीय सरकारले उनिहरुको विषयमा अब सोच्न जरुरी छ । उनिहरुको बैकल्पीक ब्याबश्था गर्न जरुरी छ । गरीखाने बाताबरण बनाई दिनु पर्छ ।
नेपाली नागरिक उनिहरुलाई नेपाली भएको आभाष गराउन जरुरी छ । निश्चित ठाउ“ तोकेर व्यापार गर्न दिने गरी ब्याबश्था गर्न जरुरी छ । प्रहरीले उठाउदै गर्दाका उनिहरुका चित्कारलाई स्थानीय सरकारले बुझ्न जरुरी छ । भुमीहिनलाई जमीन र आबास नभएकालाई आबास दिने राज्यले उनिहरुको जीवन यापन गर्ने बाटो सुरक्षित गरि दिन जरुरी छ ।
सबै नेपालीले नेपालीहरुका पीडाहरु बुझन जरुरी छ । नागरिक भोकै बस्नु पर्ने अबश्थाको सुन्दरताको कुनै अर्थ नहुने हुदा सबै भन्दा पहिले गरिव विपन्नलाई आत्मनिर्भर बनाउने कार्यमा स्थानीय सरकार गम्भिर हुन जरुरी छ । नागरिकको बाच्न पाउने संबैधानीक अधिकारको कार्यान्वयन गर्न जरुरी छ । राज्य सबैको हो भन्ने आभाष दिलाउने गरी काम गर्न जरुरी छ ।
