साउन ३१ भैरहवा । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा राखिएका रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार लगिएको छ ।
कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सरुवा गर्ने कारागार व्यवस्थापन विभागको पत्राचार अनुसार उनलाई शनिबार विमान मार्फत काठमाडौं लगिएको हो ।
कारागारमा सरुवाका लागि लामिछानेले निवेदन दिएका थिए । अदालतको अनुमति पश्चात् पनि उनलाई भैरहवा कारागारमै राखिएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले शनिबार ४ः४० बजेको बुद्ध एयरको उडान मार्फत उनलाई काठमाडौं लगिएको जानकारी गराए ।
सुरक्षाकर्मीको साथमा उनलाई काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं सुरज कार्कीले जानकारी गराएका हुन ।
Post Views: 101


