लागुऔषध कारोबार बढ्दै गएको छ । खास गरी सुदूरपश्चिम प्रदेशका दुई वटा जिल्ला कैलाली र कञ्चनपुरबाट हरेक दिन लागु औषध सहित प्रहरीले ब्याक्तिहरुलाई पक्राउ गर्ने गरेको छ । तर पनि लागु औषध रोकथाम हुन सकिरहेको छैन । कैलाली र कञ्चनपुर लागु औषध कारोबारको हव बन्दै गएको छ ।
खुल्ला सिमानाका भएका कारण पनि सहज रुपमा भारतबाट लागु औषध नेपाल भित्रीने गरेको पाइएको छ । लागु औषध रोकथामका लागी प्रहरीले चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।
दैनिक रुपमा लागु औषध सहित सेबन कर्ता र कारोबारीलाई प्रहरीले पक्राउ गर्ने गरेको पनि छ । तर यसलाई रोकथाम गर्न चुनौती थपीएको छ । के कारणले लागु औषधका घटनाहरु बढ्दै गएका छन । यसको समीक्षा गरेर कार्यक्रम बनाउन जरुरी छ ।
अभिभावकले आफ्ना छोराछोरीहरुको विशेष ध्यान दिन जरुरी छ । धेरै जसोले ध्यान नदिएका कारण लागु औषधको कुलतमा फसेका पनि छन । बढ्दै गएको लागु औषध कारोबार रोक्न प्रहरी मात्र सक्रिय भएर नहुने भएकाले अभिभावक पनि सक्रिय हुन जरुरी छ । अभिभावक मात्र नभई स्थानीय पनि जिम्मेवार हुन जरुरी छ ।
गल्तीलाई ढाकछोप गर्ने बानीले अर्को जघन्य अपराधलाई आमन्त्रण गर्ने भएकाले अपराध कसैले लुकाउनु हुदैन भन्ने चेतनाको विकास हुन जरुरी छ । अपराधीलाई कारबाही होस भन्ने सबैको उदेश्य हुन जरुरी छ ।
अभिभावकले पनि कारबाहीका लागी डराउनु हुदैन । समय छदै आफ्ना सन्तानको संगत उठबस को संग छ के गर्दै छ जस्ता विषयमा ध्यान दिन जरुरी छ । बढ्दै गएको लागु औषध कारोबार रोकन सचेत नागरिकको भूमीका निर्बाह गर्न जरुरी छ । मानव स्वाश्थ्यको रक्षा गर्न कुलतमा फस्न नदिने गरी हेरविचार गर्न जरुरी छ ।
कुलतमा फसेकाहरुलाई पनि नयँ“ जिवन दिन सक्रिय हुन जरुरी छ । लागुु औषधको दलदलमा फस्दै गएका युवाहरुलाई बचाउन जरुरी छ । लागु औषध नियन्त्रण गर्न सबै सक्रिय भएर लाग्न जरुरी छ ।

