आधुनिक प्रविधिको विकास हुनु अघि घरेलु प्रविधिले काम गर्दै आएको थियो । तेल पेल्ने कोल, गहु र कोदो पीस्ने पानी घट्ट, फलामका औजार बनाउने आरन, र काठका भाडाहरु बनाउने भाडी जस्ता घरेलु प्रविधिहरु लोप हुदै गएका छन ।
प्रविधिको विकास नहुदा मानीसहरुले आविस्कार गरेका यी सबै घरेलु प्रविधिहरु आज हराउदै गएका छन । पानी घट्ट चलाएर गुजारा गर्नेहरु,आरन चलाएर पेट पाल्नेहरु र हाडी चलाएर गुजारा चलाउनेहरु सबै बेरोजगार बन्दै गएका छन ।
कुनै समयमा फुर्सद नपाउने घरेलु प्रविधि चलाउनेहरु आज गुम्नाम बनेका छन । गुमनाम मात्र र्होन पेट पाल्नकै लागी विदेसिन बाध्य छन । त्यसका अलावा ढिक्की, जातो जस्ता प्रविधिहरु पनि हराउदै गएका छन ।
आधुनिक प्रविधिको विकासले घरेलु प्रविधिलाई हराउन बाध्य बनाएको छ । तर कुनै बेला पुरान घरेलु प्रविधिहरुको अबश्यपनि आवश्यकता बढ्ने छ । यस विषयम हामी सचेत हुन जरुरी छ ।
जसरी हिजो कोदो रजँै र मकेका रोटीलाई बास्ता नगरेर आज खोजी खोजी खाने प्रचलन बढेको छ । तामा, पीतल र कासाका भाडाहरुको महत्व नबुझेर स्टिल र एल्मुनियमका भाडाहरुमा बढेको आर्कर्षणबाट आज फेरी तामा, पीतल र कासाका भाडाहरुको महत्व बढेको छ ।
ठीक त्यसरी नै घरेलु प्रविधिको महत्व अबश्य बढ्ने छ । त्यैले सम्बन्धित निकायले समयमै घरेलु प्रविधिको संरक्षण र सम्बर्दन गर्न जरुरी छ । परापूर्बकाल देखि चल्दै आएका प्रविधिहरुको जगेर्नागर्नुका साथै विकास गर्न जरुरी छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका खोलाहरुमा पानी घट्ट चलाउन स्थानीय सरकारले ब्याबश्था गर्न आवश्यक छ । आरनलाई आधुनिकीकरण गरी ब्यबश्थीत गर्न स्थानीय सरकारको ध्यान जान जरुरी छ ।
भाडीलाई आधुनिकतामा ढालेर स्थानीय साधन स्रोतको सदुपयोग गरी आम्दानी बढाउन जरुरी छ । पुरानालाई संरक्षण र सम्बर्दन गर्दै नया प्रविधि भित्र्याएर विकासमा फडको मार्न जरुरी छ ।
हराउदै गएका घरेलु प्रविधिको संरक्षण र सम्बर्दन गर्न स्थानीय सरकारले विशेष योजना बनाउन जरुरी छ । शहर केन्द्रित जनशक्तिलाई गाउ“मा बस्ने बताबरण स्थानीय सरकारले बनाउन जरुरी छ । परापूर्ब काल देखि चल्दै आएका घरेलु प्रविधि तथा सिपको संरक्षण गर्न जरुरी छ ।

