"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित समुदाय प्रति सुदूरपश्चिम प्रदेश सरकार गैरजिम्मेवार

No data was found

Khabar Raftar

सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तीकरण ऐन कार्यान्वयन नगर्दै संशोधनमा लगेको छ । दलित समुदायलाई आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक रूपमा सक्षम बनाउने अवधारणा सहित ल्याइएको ऐन कार्यान्वयन नहुदै संशोधनमा लगिनु दुखद विषय हो ।

साउन ४ गते सुदूरपश्चिम प्रदेश सभामा दर्ता भएको संशोधन ऐन हाल सम्म छलफलमा जान सकेको छैन् । जसले गर्दा प्रदेश सरकारको दलित समुदायलाई हेर्ने दृष्टिकोण प्रस्ट भएको छ ।

मौजुदा ऐनमा उपाध्यक्षलाई विशिष्ट श्रेणी सरह र सदस्यहरूलाई प्रदेश सरकारले तोके बमोजिमको सेवा सुविधा रहुने बयाबश्था गरिएको भए पनि प्रदेश सभामा दर्ता भएको संशोधन प्रस्तावमा उपाध्यक्षलाई प्रदेश सरकारको दशौ तहको कर्मचारी र सदस्यलाई नवौ तहको कर्मचारीले पाउने सरहको नियमानुसारको दैनिक भ्रमण भत्ता र बैठक भत्ता पाउने उल्लेख गरिनु आफैमा हास्यास्पद कुरा हो ।

मस्यौदामा उपाध्यक्षले दश वर्ष दलित क्षेत्रमा काम गरेको हुनुपर्ने, कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, ३० देखि ६५ वर्ष बर्ष ननाघेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कालोसूचीमा नपरेको तथा कुनै प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख गरिएको छ ।

याखे सराहनीय विषय हो । तर नियुक्त वा मनोनीत उपाध्यक्ष वा सदस्यले आफ्नो कर्तव्य पालना गरेको छैन भन्ने लागेमा नियुक्त वा मनोनीत गर्ने निकायले जुनसुकै बखत पदमुक्त गर्न सक्ने, पदमुक्त गर्दा सफाइको उचित मौका दिने कुरा थप आपत्ती जनक छ ।

२०७९ साल वैशाख १९ गते पारित गरेको ऐन कायार्खन्वयन नहुदै संशोधन प्रस्ताव मस्यौदा तनयार गर्नु दुखद विषय हो । दलित समुदाय प्रतिको घात प्रति घात हो । दलित शसक्तिकरण ऐन जस्ताको त्यस्तै कार्यान्वयनमा लैजानुको सट्टा संशोधनमा लैजानुले प्रदेश सरकारको दलित समुदाय प्रतिको धारणा स्पष्ट भएको छ ।

जस्ले गर्दा दलित समुदाय प्रति सुदूरपश्चिम प्रदेश सरकार गैरजिम्मेवार भएको प्रमाणीत गरेको छ । प्रदेश सरकार दलित समुदाय प्रति जिम्मेवार बनन जरुरी छ ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न