हरेक बर्ष बर्षायाम्मा धनगढीका स्थानीय बासिन्दाले डुबानको समस्या झेल्दै आएका छन । डुबानले गर्दा स्थानियले सास्ती झेल्दै आएका छन । धनगढी उप महानगरपालिकाका अधिकांश बस्तिहरुमा डुबानले स्थानीयलाई सताउने गरेको छ । नगरपालीकामा खोलानाला अतिक्रमणका भएका कारण हरेक बर्ष डुबानले समस्या हुने गरेको छ ।
बर्षातकै पानीका कारण डुवानमा पर्ने स्थानीयले हरेक बर्ष सास्ती खेप्दै आएका छन । तर पनि अहिले सम्म डुबानको उचित समाधान हुन सकेको छैन । उचित निकासका लागी स्थानीय सरकारले समयमै उचित प्रबन्ध मीलाउन जरुरी छ । धनगढी उप महानगरपालिकाका अधिकांस क्षेत्र जलमग्न हुने गरेका छन । अस्ति मात्रै धनागढीमा बोट मार्फत उद्धार गरिएको अबश्था छ ।
आवास र खेतीयोग्य जमीनको बर्गीकरण हुन नसकेका कारण पनि हरेक बर्ष डुवानले समस्या हुने गरेको छ । जमेको पानी निकास हुने खोला नालाहरु अतिक्रमण भएका कारण समस्या ज्यूका त्यू रहेको छ । अधिकांस क्षेत्र पानीले जलमग्न हुदा पनि धनगढी उपमहानगरपालीको ध्यान जान सकेको छैन । खोलामाथी बनेका घरहरु भत्काउने प्रयास पनि गरिएको छैन ।
धनगढीका अधिकांस क्षेत्र सामान्य पानीमा पनि जल्मग्न हुने मुख्य कारण अतिक्रमण नै हो । त्यसैले नगरपालीकाले अतिक्रमण हटाउन जरुरी भए पनि सर्बसाधारणका बाहेक अन्य अतिक्रमण हटाउने प्रयास पनि गरिएको छैन । बस्ती जलमग्न हुने गरी नालाहरु मीचेर बनाईएका घरहरु भत्काउने अँट नगरपालीकाले गर्नु पर्छ । डुबानको साच्चिकै समाधान गर्ने हो भने खोलामीचेर, नालीमाथि बनाईएका सम्रचनाहरु भत्काउन जरुरी छ ।
अतिक्रमण हटाउने नाम्मा खोलाका झारपात नभई बनाईएका महलहरु भत्काउन आवश्यक छ । डुबानको समस्या समाधान गर्न आवश्यक छ । डुबानको समस्या समाधान गर्ने विषयमा समयमै ध्यान दिन जरुरी छ ।
बास्तविक रुपमा अतिक्रमण हटाउन चाहेको हो भने जनताले देख्ने गरी हटाउन जरुरी छ । आफ्नालाई बचाउने र अरुलाई रुवाउने कार्यले समस्या समाधान हुन नसक्ने भएकाले सबै अथिक्रमण हटाउन जरुरी छ । ढल निकासको ब्याबश्था गर्न जरुरी छ ।

