विपत बाजा बजाएर नआउने भएकाले समयमै सचेत रहन जरुरी छ । विपतबाट जोगीन पूर्ब तयारी गरी साबधानी अपनाउन जरुरी छ । सरकारले हरेक बर्ष विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने गरेको छ ।
यस विषयमा जनतालाई सचेत बनाउने कार्य पनि गर्दै आएको छ । तर पनि विपतका घटनामहरुमा धन जनको क्षती हु“दै आएको छ । क्षतीलाई कम गर्ने गरी सरकारले योजना बनाउन जरुरी छ ।
मान्छेकै कारण बाढी, पहिरो र डुवानको समस्या हुने गरेको छ । खोला नाला मासेर अतिक्रमण गर्ने,जथाभावी बाटो खनेर पहिरोको जोखिम बढाउने कार्य मानीसहरुबाटै हुने गरेका कारण बाढी, पहिरो र डुवानको समस्या झेल्दै आउनु परेको छ ।
यस्ता कार्यहरु प्रति सचेत बन्न ासकिएकाले क्षती बेहोर्नु पर्ने स्थिति छ । आफ्नो क्षणीक फाईदाका लागी विपत्ती जस्तो कार्यलाई प्रोत्साहन गर्ने जस्ता कुनै पनि कार्य कसैले पनि गर्नु हुदैन भन्ने चेतनाको विकास गर्न जरुरी छ । बर्षातको समयमा महत्वपूर्ण कागजातहरु सुरक्षित राख्नुका साथै विपत आईहाले पनि त्यसबाट जोगीने र जोगाउने तयारी गर्न जरुरी छ ।
बाढी, पहिरो र डुवाबाट प्रभावितहरुको उद्धार र राहातका लागी समेत सम्बन्धित निकाय तयारी अबश्थामा रहन जरुरी छ । विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न सबैले सचेत हुन जरुरी छ । विपद्जन्य घटनाका मुख्य कारणहरु पत्ता लगाएर हुन सक्ने विनाशबाट बच्ने उपाएको विकल्प खोजीनु पर्दछ ।
विपद्जन्य घटनाबाट अनाहकमा ज्यान गुमाउने नेपाली नागरिकहरुको संख्या सुन्यमा झार्ने गरी दिर्घकालीन योजना बनाएर अगाडी बढ्न जरुरी छ । संविधानले प्राकृतिक तथा गैरप्राकृतिक विपद् पूर्वतयारी, उद्धार तथा राहत र पुनस्र्थापनाको कामलाई संघ र प्रदेशको साझा अधिकारको सूचीमा राखेको छ ।
विपद् व्यवस्थापन स्थानीय तहको एकल अधिकारको सूचीमा रहेको छ । त्यसैले सबैभन्दा बढी जिम्मेवार स्थानीय निकाय हुने भएकाले समयमै पूर्ब तयारीमा जुटन जरुरी छ । विगतमा जस्तो विपद् पछि मात्र त्यसको रोकथाम, न्यूनीकरण, उद्घार र पुनस्र्थापनामा ध्यान दिने परिपाटीको अन्त्य गरिनु पर्दछ ।
घटनाबाट पीडितहरुको उद्धार र राहातका लागी दक्ष जनशक्ति साधन–स्रोतको व्यवस्थापन गरी तयारी अबश्थामा राख्न जरुरी छ । हुन सक्ने क्षति न्यूनीकरणका लगी स्थानीय तह र प्रदेश सरकार जिम्मेवार बन्न जरुरी छ ।

