देश छुवाछूत मुक्त राष्ट्र भई सक्दा पनि अझै जातीय विभेदको अन्त्य हुन सकेको छैन । दलित अधिकारकर्मीहरुले जातीय विभेद विरुद्ध आन्दोलन गरी जातीय विभेदको अन्त्य गर्न जरुरी छ । जातीय विभेद हुदै आएका भए पनि प्रहरी सम्म यस्ता घटनाहरु पुग्न सकेका छैनन ।
प्रहरी सम्म पुगेका घटनाहरु पनि सम्झौता गरेर मीलाउने गरिएका छन । आबेगमा आएर विबेक गुमाउनेहरुले कानुनको धज्जी उडाउदै जातीय विभेद जस्तो अमानविय ब्यबहार गर्दै आएका छन ।
पढेलेखेका गवारहरुबाटै जातीय विभेद हुने गरेको छ । यस्तो अपराध गर्ने जोकोही भए पनि कानुनी कारबाही गरिन जरुरी छ । भित्र भित्रै कुरो मीलाउने र सम्झौतामा टुङग्याउने जस्ता कार्यले जातीय विभेदको अन्त्य हुन नसकेको अबश्था छ ।
जातीय विभेदका घटनाहरुमा मीलापत्र नभई कानुनी सजाय गराउन आवश्यक छ । घटनामा मेलमीलाप गरिनु पर्छ यसमा हाम्रो असहमती होईन तर यसरी घटनालाई ढाकछोप गर्ने कार्यले अपराधहरु बढ्दै जान्छन भन्ने हाम्रो चिन्ता हो ।
दलित समुदायमाथी हुदै आएका जातीय विभेदका घटनाहरु जहीले पनि सम्झौतामा टुङग्याउने कार्यले विभेद बढ्दै गएको छ । समस्या पर्दा आवाज उठाई दिन आग्रह गर्ने र दबाब आईसके पछि क्षेतीपूर्ती लिएर सम्झौता गर्ने कार्यले दलितहरुले पीडा भोग्दै आएका छन ।
दलितलाई गरिने जातीय विभेद विरुद्ध सबै एक जुट हुन जरुरी छ । जातिय विभेदका घटनामा सम्झौता नगरी कानुनी कारबाही गर्न जरुरी छ । जातीय विभेदका घटनालाई नलुकाई सार्बजनीक गर्न जरुरी छ ।

