"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रदेश सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई निर्देशन

No data was found

Khabar Raftar

साउन १२ धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा उठेका विषयमा सात दिन भित्र जवाफ दिन प्रदेश सरकारलाई निर्देशन दिएका छन । प्रदेश सभा सदस्यहरूले सभामा उठाएको विषयमा जवाफ दिन सभामुख भण्डारीले प्रदेश सरकारलाई निर्देशन दिएका हुन ।

आइतबार र सोमबार गरी दुई दिनको बैठकमा समसामयिक विषयमा बोल्नका लागि प्रदेश सभा सदस्यहरूलाई समय उपलब्ध गराइएको थियो । छलफलमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता घनश्याम चौधरीले किसानलाई तत्काल रासायनिक मलको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

मल नपाएर उत्पादन घट्ने चिन्तामा किसान रहेको बताउदै उनले प्रदेश सरकारले किसानका समस्या सुन्न नचाहेको बताए । किसानले चैते धानको मूल्य नपाएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन ।

त्यसैगरी, चक्रबहादुर मल्लले चुरे क्षेत्र अतिक्रमणको चपेटामा परेको बताए । बेलैमा अतिक्रमणलाई नियमन र नियन्त्रण गर्न नसके त्यसले दीर्घकालीन असर गर्ने उनले बताए ।

चुरे अतिक्रमणले तराईको बस्ती र कृषियोग्य जमिनलाई सबैभन्दा बढी असर हुने बताउदै मल्लले चुरे संरक्षणमा तीन तहकै सरकार उदासीन रहेको बताए । प्र्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापाले सुदूरपश्चिम प्रदेशमा महिला असुरक्षित भएको बताईन ।

उनले महिला हिंसाविरुद्धको कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिन । प्रदेशको प्रत्येक पालिकामा महिला सहायता डेस्क र सेफ हाउस सञ्चालन हुनुपर्ने शर्माले बताईन ।

महिला हिंसा घटनाका अपराधीलाई तत्काल कानुनी कठघरामा उभ्याउन सक्नुपर्ने उनले बताईन । शर्माले महालेखा परीक्षकको प्रतिवेदन सभामा प्रस्तुत गर्न प्रदेश सरकारलाई आग्रह गरिन ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न