सामाजीक सञ्जाल मार्फत ब्याक्तिको मान सम्मान र प्रतिष्ठामा आ“च पु¥याउने खालका कार्यहरु हुदै आएका छन । खासगरी भन्ने हो भने सामाजीक सञ्जालको दुरुपयोग हुँदै आएको छ । सामाजीक सञ्जाल मार्फत दलित समुदायलाई होच्याउने शब्दहरुको समेत प्रयोग हुदै आएको छ ।
सरकारले समाजमा अपहेलीत भएर बाच्दै आएका दलित समुदायका अपमानीत नामहरु सच्चयाउने कार्य गरेर उदाहरणीय कार्य गरेको छ । अझै यस्ता थुप्रै कार्यहरु छन जो सामाजीक सञ्जाल मार्फत ब्याक्तिको मान सम्मानमा ठेस पु¥याउने ाकम हुदै आएका छन ।
सरकारले यस्ता कार्यहरुमा नियमन गर्न जरुरी छ । त्यती मात्र होईन त्यस्ता शब्द लेख्नेहरुलाई कारबाही पनि गरिनु पर्दछ । पाठ्यक्रम्मा समेत दलितलाई होच्चयाउने शब्दहरु छन त्यस्ता शब्दहरुलाई सच्चयाउन जरुरी छ । देशभर यस्ता कार्यहरु हुदै आएका छन ।
ब्याक्ति, समुदाय र धर्मको अपमान हुने खालका अभिब्यक्ति पोष्ट हुदै आएका छन । अश्लील शब्दहरु प्रयोग हुदै आएका छन । जसले गर्दा समाजमा गम्भिर असर पर्दै गएको छ । समाजमा खलल पु¥याउने खालका क्रियाकलप विरुद्ध सबैले एकजुट भएर लाग्न जरुरी छ ।
यस्ता कार्यको अन्त्य गर्न जरुरी छ । यस्ता कार्य विरुद्ध देशभर आवाज उठउन जरुरी छ । सरकारले समेत गम्भिर भएर सोच्न जरुरी छ । यस्ता कार्यहरुलाई निरुत्साहन गर्न कारबाही गर्न जरुरी छ ।
देश र देशबासीको सम्मान र संरक्षण गर्न सरकार जिम्मेवार बन्न जरुरी छ । सामाजीक सञ्जाललाई कानुनी रुपमा नियमन गरी सामाजिक सञ्जालमा बढ्दै गएको विक्रीती रोक्न जरुरी छ ।

