देशको आमुल परिबर्तनमा सहिदहरुको अतुलनीय योगदान रहदै आएको छ । भनिन्छ हुदैन विहान मीरमीरमा तारा झरेर नगए बन्दैन मुलुक दुई चार सपुत मरेर नगए । तिनै सहिदहरुका कारण आज हामी स्वतन्त्र छौ ।
चाहेको ब्याबश्था प्राप्त गरेका छौ । तर उनै सहिदहरुलाई उपेक्षा गर्ने काम पनि हुदै आएको छ । दशबर्षेमहान जनयुद्धको जगमा अहिले लोकतन्त्र र गणतन्त्र प्राप्त गरेका छौ । तर जसले यो परिबर्तन ल्याउने काम गरेका छन उनैलाई उपेक्षा गर्ने काम भएको छ । जनयुद्धका घाईतेहरुको अबश्था जटील छ । बेपत्ताहरुको सास र लाश केही पाउन सकिएको छैन ।
२०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन बिद्रोहि माओबादी बिच भएको बिस्तृत शान्ति सम्झौताले मओबादीलाई संसदीय ब्याबश्थामा अबतरण गराएको लामो समय वीति सक्दा पनि उनिहरुका पीडालाई सम्बोधन गर्न नसक्नु दुखद विषय हो ।
जनयुद्धकै नेतृत्व गरेका प्रचण्ड ३ पटक देशकै प्रधान मन्त्री भईसक्दा पनि जनयुद्धका घाईतेको ब्याबश्थापन र बेपत्ताहरुको खाजी कार्य नगरिनु दुखद विषय हो । आर्थिक, समाजिक तथा सास्कृतिक अधिकारका समस्याहरु समाधान गर्न नसक्नु दुखद विषय हो । जनयुद्धको आधारभूत बर्ग दलित जनजातीका समस्याहरु जस्ताका त्यस्तै छन ।
शिक्षाको अवस्था, कमैया तथा हलियाहरुको मुक्तीको घोषण गरे पनि पुनस्र्थापनाको अवस्था, खाद्य अधिकारको अवस्था जर्जर बन्दै गएका छन । समस्या समाधान गर्ने विषय त परको हो सहिदहरुले देखाएको बाटो समेत विर्सेको अबश्था छ । सहिदका परिवारहरुको अबश्था दयनीय बन्दै गएको छ । सहिदहरुले देखेको सपना अझै पूरा हुन सकेको छैन ।
सहीदको सपना साकार पार्न हामी सचेत हुनै पर्छ । सहीदले हिडेको बाटो पछ्याउन जरुरी छ । जनयुद्धका कमाण्डर प्रधान मन्त्री भएका बेला सहिदका परिवारको ब्याबश्थापन गरिनु पर्छ, घाईतेहरुको उपचार गरिनु पर्छ र बेपत्ताहरुको खोजी कार्य गरिनु पर्र्छ ।
ज्यूदो भए सास र मारीएको भए लाश देखाउन जरुरी छ । परिवारका सदस्यहरुको समस्या सुल्झाउन जरुरी छ । जसका लागी सहीदका सपना पूरा गर्ने संकल्प हामी सबैले गर्नै पर्छ । होईन भने सहिदको रगतले सराप्ने छ ।

