हरेक नागरिलाई सवारीचालक अनुमती पत्र आवश्यक भएको छ । बढ्दो शहरी विकाससंगै यातायातका साधनहरु पनि बढ्न थाले पछि मानव जीवनमा सवारी चालक अनुमतीपत्र अनिबार्य बन्दै गएको हो । नागरिकलाई नभई नहुने कागजात मध्यको एउटा कागजात हो सवारी चालक अनुमती पत्र । घर घरमा मोटरसाईकल सबैको भए पनि सवारी चालक अनुमती पत्र नहुदा धेरै जसोलाई समस्या भएको छ ।
लाईसन्स लिन महिनौ कुर्नुपर्ने अबश्था छ । परिक्षा फारम भर्नै समस्या छ । भरी सके पछि लिखित परिक्षा र ट्रायल दिनै महिनौ समय लाग्ने गरेको छ । परिक्षा दिई सकेर पास भईसके पछि पनि लाईसेन्स आउन महिनौ कुर्नु पर्ने अबश्था छ । यस्तो झन्झटीलो कारणले गर्दा धेरै जसोले फारम नै भर्न सकेका छैनन । सवारी चालक अनुमती पत्र नभएका कारण नागरिकहरुले हरेक दिन सास्ती खेप्नु परेको छ ।
यातायात कार्यालयमा सेवा लिनै समस्या हुने गरेको छ । सानो काम गर्न पनि दिनभरी लाईनमा बस्नु पर्ने अबश्था छ । लाईन त सेवा लिदा हरेक कार्यालयमा बस्नु पर्ने हुन्छ तर सबै भन्दा बढी सास्ती यातायात कार्यालयमा खेप्नु परेको छ ।
सवारीचालक अनुमति पत्रका लागी आवेदन दिने देखि लिएर ट्रायल दिईसके पछि पनि लाईसन्स लिदा सम्म लाईन लाग्नु पर्ने अबश्था छ । अनलाइनबाट आबेदन फारम भर्न सूरु गरिए पछि सर्बसाधारणले लाइसेन्सको आवेदन भर्न नसक्ने भए पछि बिचौलियाहरुलाई पैसा दिएर आवेदन भर्नु पर्ने बाध्यता छ ।
परिक्षामा पास भए पनि स्मार्ट लाइसेन्सका लागी बर्षौ कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ । आबेदन भर्न र परिक्षा दिन सहज बाताबरण बनाउन जरुरी छ । अनलाईन आबेदन पनि कार्यालयबाटै भर्नपाउने ब्याबश्था गर्न जरुरी छ ।
नागरिकलाई सुख भन्दा दुखमा कसरी अल्झाउने भन्ने सोचको अन्त्य गरी कसरी सर्भसुलभ छिटो छरितो सेवा दिन सकिन्छ भन्ने विषयमा सोच्न जरुरी छ । नागरिकलाई दुख होईन सेवा दिन जरुरी छ । सवारीचालक अुमती पत्रका लागी सहज बाताबरण बनाउन जरुरी छ ।
सबैको पहुचमा ल्याउन जरुरी छ । सवारीचालक अुमतीपत्र सबैले सहज रुपमा समयमै पाउने ब्याबश्था गर्न जरुरी छ । सरकार जनता प्रति उत्तरदायी बनेर सवारीचालक अुमतीपत्रका लागी सहज बाताबरण बनाऔ ।

