"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मन्त्री बर्खास्त गर्नु असंवैधानिक, अपमानजनक र दुर्भाग्यपूर्ण ः रञ्जिता श्रेष्ठ

No data was found

Khabar Raftar

असार २० धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नु संवैधानिक, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण कदम भएको बताएकी छन् ।

बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले चौधरीलाई बर्खास्त गरे पछि अध्यक्ष श्रेष्ठले मन्त्री चौधरीलाई बर्खास्त गर्नु संवैधानिक, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण कदम भएको बताएकी हुन । नागरिक उन्मिुक्ति पार्टी संघ, प्रदेश सबैतिर सरकारबाट बाहिरीएर प्रतिपक्षमा बस्ने समेत उनले बताएकी छिन ।

‘नागरिक उन्मुक्ति पार्टीबाट संघीय संसदमा ४ जना सांसद, मधेश प्रदेशमा १ जना सांसद, लुम्बिनी प्रदेशमा ४ जना सांसद र सुदूरपश्चिम प्रदेशमा ७ जना सांसद निर्वाचित भएर प्रतिनिधित्व गरिरहेको बताउदै उनले यो उपस्थिति केवल सांसदहरूको संख्यामा सीमित नभई जनताको भरोसा, संविधान प्रति निष्ठा, र उत्पीडित समुदायहरूको आवाजको प्रतिनिधित्व भएको बताईन ।

पछिल्लो समय, सुदूरपश्चिम प्रदेशमा पार्टीका माननीय मन्त्रीलाई कुनै औपचारिक संवाद, कारण वा प्रक्रियाबिना हटाइएको कार्य— केवल असंवैधानिक मात्र नभई अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण भएको उनले बताईन ।

‘नागरिक उन्मुक्ति पार्टीले यो कदमलाई सत्ता घमण्ड, मनपरी र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिएको उनले बताईन ।

पार्टीभित्र गहिरो छलफल र पार्टी संरक्षक रेशम चौधरीको दृढ मार्गदर्शन अनुसार, नागरिक उन्मुक्ति पार्टी अब प्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको उनले जानकारी गराईन ।

निर्णय जनताको म्यान्डेट, पार्टीको सम्मान, र जननिर्वाचित प्रतिनिधिहरू माथिको गरिमाको संरक्षणका लागि गरिएको सैद्धान्तिक र दूरदर्शी कदम भएको उनले बताईन ।

आफ्ना सांसदहरू पार्टीको इज्जत भएको बताउदै उनले उनीहरूको बेइज्जती पार्टीको बेइज्जती भएको र पार्टीप्रति जनताको विश्वासमाथिको अवमूल्यन भएको उनले बताईन ।

पार्टी सदनमा प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिने उनले बताइन् । अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीको निर्णय प्रति सांसदको मत भने बाझिएको छ । सांसदहरूले प्रतिपक्षमा बस्ने, समर्थन फिर्ता लिनेबारे पार्टीमा छलफल नभएको बताएका छन् ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न