भनिन्छ सानालाई ऐन ठुलालाई चैन । सतीले सरापेको मेरोदेशमा सर्बसाधारणले बा“च्नै मुश्किल छ । सरकारी कार्यालय प्रहरी प्रशासन हरेक क्षेत्रमा साना कर्मचारीहरुले सास्ती झेल्नु परेको छ । कार्यालय प्रमुखले अथवा आफुभन्दा माथील्ला ओहोदाका कर्मचारीहरुले उनिहरुको श्रमशोषण गर्दै आएका छन ।
प्रहरीमा सबै भन्दा बढी देखिने यस्तो श्रमशोषण अहिले विस्तारै कम हुदै गएको छ । यस्ता कर्मचारीहरुलाई सम्बन्धित निकायले कारबाही गर्न जरुरी छ । कार्यालय प्रमुखले कर्मचारीलाई घरको काम् गर्न लगाउने कार्य अहिले पनि हु“दै आएका छन ।
यस्ता निन्दनीय कार्यको जती निन्दा गरे पनि कमै हुन्छ । कार्यालयमा हाजीर लगाएर कार्यालयका र्कचारीलाई आफ्नो ब्याक्तिगत काम्मा लगाउने कार्य हुदै आएका छन । कतीपय कार्यालयका ठुला कर्मचारीहरुले साना कर्मचारीहरुलाई पटक पटक आफ्नो घरको काम गर्न लगाउने गरेका भए पनि जागीर फुत्किने डरले उनीहरुले बाहीर ल्याउन नसकेको अबश्था छ ।
आफू खुशी कर्मचारीलाई कार्यालय समयमा आफ्नो व्यक्तिगत काम्मा लगाउने कार्य देखि साना कर्मचारीलाई कामको भारी बोकाउने कार्य हुदै आएका छन । सरकारले साना कर्मचाहरुका पीडा बुझेर उनिहरुको पीडामा मलम लगाउन जरुरी छ । स्वयं कर्मचारीहरुले पनि जिम्मेवार बन्न जरुरी छ ।
ब्याक्तिगत काम्मा लगाउने कर्मचारी विरुद्ध आवाज उठाउन जरुरी छ । जागी जाने डरले बोल्न नसकेर खुरु खुरु भनेको काम गर्ने साना कर्मचारीहरुको पीडालाई ठुला कर्मचारीहरुले पनि बुझन जरुरी छ । बढी जसो चालकहरुलाई घरायसी काम्मा लगाउने गरिएका थुप्रै उदाहरुणहरु छन ।
त्यसपछि कार्यालय सहयोगीलाईत मान्छे नै होईन भन्ने जस्तो ब्यबहार गर्ने गरिएको देखिदै आएको छ । उनीहरुलाई ब्यक्तिगत काम्मा बढी खटाउने गरिएको देखिन्छ । यस्ता कार्यहरु बन्द गरिनु जरुरी छ ।
सबै कर्मचारीहरु समान हुन भन्ने दृष्टिले हेर्न जरुरी छ । साना कर्मचारीहरुका पीडा कस्ले बुझ्ने ? भन्ने प्रश्नको अन्त्य गर्न साना कर्मचारीहरु मान्छे नै होईनन भन्ने चेतनाको अन्त्य गर्ने योजना सहित अगाडी बढ्न जरुरी छ ।
कार्यालयका कर्मचारीहरुलाई घरको कुनैपनि काम्मा लगाउने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ ।

