कानुन सबैलाई समान हुनु पर्छ । अपराध गर्ने ब्याक्ति जो कोही होस कानुनको नजरमा उ दोषी हुने भएकाले कानुन सबैलाई समान रुपमा लागु हुन जरुरी छ । विडम्बना नेपालमा कानुन समान छैन भन्ने कुराको पुष्टि पटक पटकका घटनाले गरेको छ ।
गरिब असाहय तथा विपन्नलाई मात्र कानुन लागु हुने गरेको छ । सत्ता र शक्तिका निकट मानीएकाहरुले जस्तो सुकै अपराध गर्दा पनि सजाय भएको देखिदैन । चाहे त्यो जस्तो सुकै अपराध किन नहोस कानुन गरिवका लागी मात्रै लागु हुने गरेको छ । हुने खाने, पैसावाला र पहुच वालाले कानुनले गर्ने सजायका बारेका केही जानेका छैनन ।
उनस्हरुले अपराध गर्दा पनि अमन चयनका साथ आनन्द लिई रहेका हुन्छन । वास्ताविकतालाई नजर अन्दाज गरेर गरिब तथा विपन्न परिवारको झुपडीमा डोजर लगाउने घटना देखि एउटै घटनामा जेल गएका ब्याक्तिहरु मध्ये नाईके छुटने र अन्यले जेलमा बसीरहनु पर्ने जस्ता घटनाले कानुन गरिवका लागी मात्र भएको कुराको पुष्टि गरेको छ ।
गोदावरीको चौकिडाँडा राजमर्ग किनारमा झुपडी बनाएर बसेका बास्तवीक सुकुम्बासीहरुका झुपडीमा डोजर चलाएर गरिव विपन्नहरुका लागी मात्र भएको पुष्टि गरेको सरकारले टीकापुर घटनाका मुख्य दोषी ठहरीयका रेशम चौधरीलाई आम माफि दिएर पनि यस कुराको पुष्टि गरेको छ ।
यस्ता थुप्रै घटाहरु छन । झुपडीमा बस्ने पीडितहरुको गरीवहरुले सामान्य गल्तीमा पनि कानुनी सजाय भोग्नु पर्छ । गरिव तथा विपन्न्हरुलाई मात्र कानुन लाग्ने कार्य निन्दनीय कार्य हो । खर र टिनका झुपडीहरुमाथी डोजर चलाउने आखले जंगल कब्जा गरेर बनाएका महलहरु अहिले सम्म देख्न नसक्नु पनि कानुन ठूलालाई नलाग्नु हो ।
कानुन सबैका लागी समान हुन जरुरी छ । दलको कार्यकर्ता नेताको आफन्त र पैसा र पहुचको भरमा कानुनलाई निरीह बनाउने काम कसैले गर्नु हुदैन । कानुन सबैका लागी समान हुनुपर्छ

