"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित महिला सदस्यको गुनासो,बोलेका कुरा लागु हुँदैन

No data was found

Khabar Raftar

असार ०५ धनगढी । विभिन्न राजनैतिक दलबाट निर्बाचित दलित महिला सदस्यहरुले आफुले बोलेको कुरा लागु नहुने गुनासो गरेका छन । विहीबार धनगढीमा सम्पन्न नेपालमा दलित महिला र किशोरीहरुको मानव अधिकार प्रर्बदन परियोजना अन्र्तगत स्थानीय तहका महिला जनप्रतिनीधिहरुको साझा मञ्चको नियमीत बैठकमा सहभागी दलित महिला सदस्यहरुले यस्तो गुनासो गरेका हुन ।

बजेट बनाउने समयमा दलित समुदायका सवालहरुलाई बढी भन्दा बढी कसरी बजेट तथा योजनामा समेटन सकिन्छ भन्ने उदेश्यमा केन्द्रित रहेको बैठकमा वडा नम्बर ३ की अन्जु मगरातीले दलित महिला सदस्यहरुले बोलेको केही नलाग्ने बताईन ।

उनले दलित समुदायका लागी बजेट छुट्याउन भने पनि पछाडी विपन्न गरिव थपेर बजेट विनीयोजन गर्ने गरेको बताईन । त्यसैगरी वडा नम्बर ९ की दलित महिला सदस्य शारदा ताम्राकारले दलित समुदायका लागी बजेट छुट्यो भने महिला,गरिब थपेर छुट्याउने गरेको बताईन ।

जातीय विभेदलाई हटाउन दलित र गैरदलित बिचको सामाजीक अन्तर्घुलन जस्ता कार्यक्रमहरुका लागी बजेटको ब्याबश्था गर्नु पर्ने बताईन । जातीय विभेदको गहिरो खाल्डोलाई पुर्न तालीम गोष्ठि र छलफलका कार्यक्रमहरु गर्न पनि बजेटको ब्याबश्था गरिनु पर्ने उनले बताईन । दलित महिला संघ फेडोकी अध्यक्ष सविना सुनारले आफना मागहरुलाई बजेट तथा योजनामा समेटन दलित महिला सदस्यहरुले प्रभावकारी भूमीका खेल्नु पर्ने बताईन ।

जातीय विभेद, आय आर्जन र चेतना अभिबृद्धी जस्ता कार्यक्रमहरु समेटन भूमीका खेल्नु पर्ने बताईन । बाटो बनाएर मात्र विकास नहुने बताउदै अध्यक्ष घीमीरेले क्षमता अभिबृद्धी आय आर्जन र चेतना विकासमा जोड दिएर मानविय विकासमा जोड दिनु पर्ने बताईन । वडाका समस्याको पहिचान गरेर निती बनाएर बजेटको ब्यस्बस्था गर्न दलित महिला सदस्यहरु सक्षम हुनुपर्ने उनले बताईन ।

त्यसैगरी दलित महिला संघ फेडोका कार्यक्रम संयोजक विनोद घिमीरेले समुदायको आवश्यकता अनुसार काम गरी समस्याको समाधान गरिनु पर्न नितीगत रुपमा ब्याबश्थागरी बजेट छुटयाउनु पर्ने बताए । आवश्यकताको पहिचान गरी कार्यक्रम बनाउन जरुरी भएको बताउदै उनले स्थानीय निकाय दलितका सवालमा बढी जिम्मेवार हुनुपर्ने बताए ।

समग्र बिकाशका लागी चेतन लागायत बिकृती बिसङती हटाउने खालका निती तथा आयोजना बनाएर बजेटको ब्याबश्था गरिनु पर्ने उनले बताए । त्यसैगरी धनगढी उपमहानगरपालीका कार्यपालीका सदस्य चक्र नेपालीले चुप लागेर बस्ने बानीले गर्दा सम्स्या भएको बताए । वडा अध्यक्षको मुख हेरेर केही नबोल्ने बानीले दलितका समस्या समाधान हुन नसकेको बताए ।

आफ्ना कुराहरु राख्ने र नसुने असहमती जनाउनु पर्ने उनले बताए । उनले छुवाछूत निगरानी तथा अनुगमन समिति गठनका लागी प्रयास भई रहेको बताए । दलितका सवालमा काम गर्न पनि सहज हुने भएकाले छिटो भन्दा छिटो समिति गठन गर्न सबैले सहयोग गर्नु पर्ने नेपालीले बताए । कसैलाइ काखा कसैलाई पाखा गर्ने काम कसैले गर्न नपाउने बताउदै उनले उपेक्षित उत्पीडीतका सवालमा बजेटको ब्याबश्था हुनु पर्ने बताए ।

आर्थिक रुपमा बिपन्न दलित महिलाहरुलाई केन्द्रमा राखेर योजना बनाउन जरुरी भएको बताउदै उनले आफुले बोलेका विषयमा अडीग हुनु पर्ने बताए । त्यसैगरी साझा मञ्चकी संयोजक माया देवी तामा्रकारले वडा नमबर ५ मा कुनै समस्या नभएको बताउदै वडा अध्यक्षले आफुसंग सल्लाह गरेरै काम गर्ने गरेको बताईन ।

दलित महिलाहरुले आत्मनिर्भर बन्न आवश्यक भएको बताउदै उनले आत्म निर्भरका कार्यक्रमहरु अगाडी सार्नु पर्ने बताईन । दलित महिला संघ फेडो कैलालीका संयोजक विनोद घीमीरेले दलित महिला सदस्यले खेल्नु पर्ने भूमीकाका विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न