"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पार्टीभित्र एकता कायम नभए पार्टी सुन्यमा झर्न सक्छ ः सचिव भट्ट

No data was found

Khabar Raftar

जेठ २८ धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्र एकता कायम नभए हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने बताएका छन । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सचिव भट्टले यस्तो बताएका हुन ।

पार्टी भित्र एकता भए सुदूरपश्चिम प्रदेशका १६ बटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित्न सकिने बताउदै एकता नहुँदा हाल प्राप्त दुई वटा सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने बताए । पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताउदै उनले यस्तोे अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनु पर्ने बताए ।

पार्टी सङ्कटमा पर्दा सबैले अग्रपंक्तिमा उभिनुपर्ने बताउदै उनले एमाले अहिले पनि बलियो बन्दै गएको बताए । सचिव भट्टले पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको बताउदै देश निर्माणमा समर्पित भएर दिनको २० घण्टा काम गर्दै आएको बताए ।

नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्ने बताउदै उनले समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मनिर्भर भएर अघि बढाउन सबैलाई पार्टीभित्र अनुशासन र एकताको भावना आत्मसात् गर्नु पर्ने बताए ।

त्यसैगरी नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले पार्टीमा सङ्कट उत्पन्न भएका बेला महासङ्घको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाउन महासङ्घले सक्दो योगदान दिने बताए ।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिम प्रदेशमा खेलकुद र खेलाडीहरूको ठुलो सम्भावना रहेको बताए । उनले समृद्धिका लागि खेलकुदलाई आर्थिक र सामाजिक विकाससँग जोड्नुपर्ने बताए ।

विशेषगरी क्रिकेट खेलमा ठुलो सम्भावना रहेको बताउदै उनले स्तरीय क्रिकेट मैदान निर्माणको आवश्यकता रहेको बताए । त्यसैगरी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले एमालेले पछिल्लो समय खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउदै सुदूरपश्चिम प्रदेशको खेलकुद नीति निर्माणमा सरकार र सम्बन्धित निकायहरू गम्भीर हुनुपर्ने बताए ।

उनले सुदूरपश्चिममा खेलकुदको पूर्वाधार र नीतिगत सुधारमा राज्यको ध्यान केन्द्रित गरिनु आवश्यक रहेको बताए । खेलकुद महासङ्घका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज विष्णु चन्दले सुदूरपश्चिमको खेलकुद विकासका लागि महासङ्घ निरन्तर लागिरहेको बताए ।

कार्यक्रममा विभिन्न खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । महासंघका अध्यक्ष प्रकाश चन्दले सुदूरपश्चिमको खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा महासंघ निरन्तर क्रियाशील रहेको बताए । उनले नयाँ नेतृत्वले पनि यस अभियानलाई निरन्तरता दिने बताए ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न