"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कृष्ण सेन ईच्छुक युगौ युग सम्म बाची रहेका छन ः अध्यक्ष शाह

No data was found

Khabar Raftar

सम्झना विष्ट, जेठ १३ धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले कृष्ण सेन ईच्छुक युगौ युग सम्म बाचीरहने योद्धा भएको बताएका छन । मंगलबार धनगढीमा जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले आयोजना गरेको २४ औं कृष्णसेन ९इच्छुक० स्मृति दिवस “स्मृति र आदर्श पुस्तक विमोचन कार्यक्रम“मा बोल्दै उनले यस्तो बताएका हुन ।

लोकतान्त्रीक गणतन्त्रका लागी जनपक्षिय कलम चलाउदै आएका कृष्ण सेन ईच्छुक निर्भिक योद्धा भएको बताउदै उनले उनको हत्या गरिएको जेठ १३ गतेका दिनलाई स्मृती दिवसका रुपमा सबैले मनाउनु पर्ने बताए । ेउनको हत्याका विरुद्ध पत्रकार महासंघले आन्दोलन गरेको स्मरण गर्दै उनले अभिब्यक्ति स्वतन्त्रताका पक्षमा र मानव अधिकारका पक्षमा पत्रकार महासंघ सधै प्रतिबद्ध रहेको बताए । कृष्णसेन ईछुकको जेठ १३ गते हतया भयो, जेठ १५ गते देशमा गणतन्त्र आयो ।

उनको हत्या भएको ६ बर्ष पछि लोकतान्त्रीक गणतन्त्र आएको बताउदै उनले परिबर्तनका लागी ईच्छुकले जीवनको आहुती दिएको बताए । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता १ मानव अधिकारको रक्षा र वैज्ञानिक समाजवादको लागि हाम्रो प्रतिबद्धता ११ भन्ने मुख्य नारा सहित सम्पन्न भएको उक्त कार्यक्रम्मा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश कार्यालय सचिव विमल सीले देश र जनताका लागी आफनो ज्यानको आहुती दिने कृष्णसेन ईच्छुक जनताको आश्थामा जीवित रहेको बताए ।

प्रतिक्रीयाबादी राज्य सत्ताले उनलाई निर्मम तरिकाले हत्यागरी फासिबादी चरित्र देखाएको बताए । उनको कलम देखि प्रतिक्रीयाबादीहरु डराएर ईच्छुको हत्या गरेको उनले बताए । त्यसैगरी नेकपाका केन्द्रिय सदस्य विनोद सीले कृष्णसेन पत्रकार मात्र नभएर कुशाल साहित्यकार पनि भएको बताए । उनको साहित्य र पत्रकारिताले तिलमीलाएको प्रतिक्रीयाबादी राज्यसत्ताले उनको कायरतापूर्ण तरिकाले हत्या गरेको बताए ।

उनको हत्याले सिङगो राष्ट्रबादी शक्ति र साहित्य अनुरागीहरुलाई स्तब्ध बनाएको बताउदै उनले ईच्छुक सधै अमर रहेको बताए । त्यसैगरी क्रियशिल दलित पत्रकार संघका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष प्रदिप मलासीले कृष्णसेन ईच्छुक पत्रकारीता र साहित्यको धरोहर भएको बताउदै उनलाई कसैले विर्सन नसक्ने बताए । उनको कलमले लोकतन्त्र ल्याउन महत्वपूण भूमीका खेलेको बताउदै उनले देश र जनताका लागी ज्यानको बलीदान दिएको बताए ।

हामी जुनसुकै संगठनमा आबद्ध भए पनि कृष्णसेन ईच्छुकले देखाएको बाटो पत्रकार र पत्रकारीताका लागी मार्गदर्शक भएको उनले ताए । त्यसैगरी कार्यक्रमका सभापती,जनपत्रकार संगठन नेपालका केन्द्रिय सचिबालय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष धीरज प्रपालाले कृष्णसेन ईच्छुक प्रति श्रद्धान्जली अर्पण गर्दै उनको कलमलाई बन्दुक र तोपको शक्ती भन्दा शक्तीशाली देखेर प्रतिक्रीयाबादी राज्य सत्ताले कायरतापूर्ण तरीकाले हत्या गरेको बताए ।

उनले देखाएको बाटोमा हिडेर देखेको सपना साकार पार्न सके मात्र इएच्छुक प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउदै पत्रकारको कलम जनजिविका र राष्ट्रियताका पक्षमा हुनु पर्ने बताए । जनबादी साहित्य र परिबर्तनकारी जनमुखि पत्रकारीता गर्दै आएका ईच्छुकबाट सबैले सिक्नु पर्नै बताउदै उनले देश विदेशमा स्थापीत पत्रकार कृष्णसेन ईच्छुकको हत्याले समग्र देशलाई नोक्सान भएको बताए ।

सहिद ईच्छुक देशको सम्पती भएको बताउदै उनले ईच्छुकको स्मृती दिवस सरकारले मनाउनु पर्ने बताए । कार्यक्रमका सहभागीहरुलाई सम्झना विष्टले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन कन्द्रिय सदस्य भरत दासले गरेका थिए । सहित कृष्णसेनको तस्विरमा सहभागी सबेले अविर लगाएर श्रद्धान्जली अर्पण गरेका थिए ।

भर्खरै

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै
कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र
पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता
अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न
बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु
बन जंगल र जडीबुटीलाई आगलागीेबाट बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

karagar-kanchanpur-e1757654891647

कञ्चनपुर कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

sudur-prahari

सुदूरपश्चिम प्रदेशमा अपराधिक समूह निष्क्रिय रहेको प्रहरीको दाबी

622bfacd-8548-4ee6-a5d6-06f8839b93f0

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी पढ्दै कमाउँदै

a6927c7e-ee0e-48d6-aa6a-1656cd225cb8

कार्ययोजनाको अभावमा कैलाली, कञ्चनपुरमा वन संरक्षण अलपत्र

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

khula-mancha

अत्तरियाको स्थित खुला मैदान संरक्षणको अभावमा अलपत्र

chatyang

पहिरो र चट्याङमा परी १६ वटा पशुचौपायाको मृत्यु, ३८ वटा बेपत्ता

ffe715a7-2bb6-4a6b-b256-f24555781363

अत्तरियामा लैंगिक समानता तथा समावेशीकरणमा केन्द्रित विपद् अभ्यास कार्यक्रम सम्पन्न