जेठ ०६ धनगढी । सुदूरपश्चिम प्रदेशमा सामाजिक बिकास मन्त्रालय माथहत रहेको खेलकुद परिषद र युवा परिषद काग्रेंसले लिन खोजेको छ । खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिहंको कार्यकाल सकिएको २ महिना बितेपनि अँझै परिषदमा नयाँ सदस्य सचिव नियुक्त हुन सकेको छैन ।
युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरको कार्यकाल पनि अबको एक साताभित्र सकिने भएको छ । दुइवटै परिषद खाली भइरहेको अवस्थामा एमालेलाई प्रज्ञा प्रतिस्ठानको कुुलपति दिने आश्वासनमा मुख्यमन्त्री कमल बहादुर शाहले युवा र खेलकुद परिषद काग्रेंसबाटै नियुक्ती दिन खोजेका छन् ।
श्रोतका अनुसार केही दिनअघी नेकपा एमाले ससंदिय दलका नेता राजेन्द्र सिहं रावललाई मुख्यमन्त्री शाहले युवा र खेलकुद परिषद आफैले लिने गरी छलफल गरेका थिए । एमालेलाई प्रज्ञा प्रतिस्ठानको कुुलपति दिने प्रस्ताव सहित मुख्यमन्त्री शाहले राजेन्द्र सिहं रावल सित छलफल गरेका थिए । नेतृत्वसगंको सल्लाह पछि जवाफ दिने बताएका रावलले अहिले नियुक्त नगर्न आग्रह गरेका थिए ।
ेलकुद परिषद र सेती प्रादेशिक अस्पतालको अध्यक्ष तथा प्रज्ञा प्रतिस्ठान र युवा परिषदमा भागबण्डा हुने गरी यस अघी छलफल गरिएको थियो । अहिले युवा र खेलकुद काग्रेंसलेनै लिने गरी मुख्यमन्त्रीले प्रस्ताव गरेपछि परिषदको नियुक्त प्रक्रिया लम्बिने देखिएको हो । एमालेले पूर्व सहमती अनुसार खेलकुद परिषद अथवा युवा परिषद पाउनुपर्ने अडान राखेको छ ।
प्रदेश सरकार मातहत रहेका महत्वपूर्ण नियुक्तीमा काग्रेंसले एकलौटी गरे राजनिति गर्नुको अर्थ नरहेको भन्दै एमाले निकटका युवाहरुआक्रोसित भएका छन् । युवा र खेलकुद मध्ये एक परिषद एमालेको भागमा पर्नुपर्ने उनिहरुको तर्क छ । ०७७ चैतमा चार वर्षका लागि खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका थिए ।
उनको कार्यकाल ९ चैत देखि सकिएको छ । रिक्त पदमा नियुक्तिका लागि सत्तारुढ कांग्रेस र एमाले सम्मिलित कार्यदलबीच छलफल भए पनि नियुक्तिमा भने ढिलाइ भएको छ । २९ फागुन २०७८ मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रादेशिक र प्रदेश मातहतका अन्य अस्पताल व्यवस्थापन समितिमा राजनीतिक नियुक्ति गरेको थियो ।
सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह र महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट नियुक्त भएका थिए । त्यस्तै, टीकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा झपट बहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियुक्त भएका थिए ।
सरकारले जिल्ला अस्पताल डोटीको अध्यक्षमा धनबहादुर नेपालीलाई २०७८ चैतमा नियुक्त गरेको थियो । सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीका अनुसार प्रदेश मातहतका सबै अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष र सदस्यको पद रिक्त भएको छ ।
‘आपसी समझदारीमा नियुक्त गर्ने विषयमा राजनीतिक दलहरूबीच सहमति भएको’ सचिव रेग्मीले बताए । नियुक्तिको प्रक्रिया भने अगाडि नबढेको बताउदै उनले छिट्टै पदपूर्ति होला भन्ने आशा गरिएको बताए । दुई वटा प्रादेशिक अस्पताल मध्ये सेतीमा कांग्रेस र महाकालीमा एमालेले अध्यक्ष पाउनेबारे छलफल भएको बताइएको छ ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सिफारिसमा चारवटा पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिमा अध्यक्ष, कार्यकारी निर्देशक र सदस्य मन्त्रिपरिषद्ले नियुक्त गर्दै आएको छ । त्यसमध्ये अछामको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्त भएका छन् ।
रामारोश पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिमा पनि अध्यक्ष लगायतको पद रिक्त छ । त्यस्तै, खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति पनि माघ देखि रिक्त छ । बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर बोहराको कार्यकाल भने ०८२ असार सम्म रहेको छ । रिक्त रहेको प्रदेश नीति तथा योजना आयोगमा भने पदपूर्ति भइसकेको छ ।
आयोगको उपाध्यक्ष सहित दुई सदस्य कांग्रेसको भागमा परेको छ भने दुई सदस्य एमालेले पाएको छ । त्यस्तै, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा कुलपति पद पनि रिक्त छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरको चार वर्षे कार्यकाल पनि सकिँदै छ ।
परिषद्मा उपाध्यक्ष नियुक्तिमा एमाले र काग्रेंसको दाबी छ । सत्तारुढ दल कांग्रेस र एमाले सम्मिलित राजनीतिक संयन्त्रको बैठकले तत्काल रिक्त पदमा नियुक्ति गर्ने सहमति गरेको थियो । रिक्त पदमा भागवन्डा गरी नियुक्त गर्ने कांग्रेस–एमालेले निर्णय गरेका थिए ।


